व्यवसायीको अथक प्रयासँगै पोखराको पर्यटन सकारात्मक बाटोमा

काठमाडौं । कोरोनाका कारण थला परेको पोखराको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किदैछ । पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले गरेका विभिन्न कार्यक्रम र लिएका नीतिका कारण पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहल बढेको हो । तर, सरकारी तबरबाट पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम नआएकोमा भने पर्यटन व्यवसायी असन्तुष्ट छन् । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको […]

सम्बन्धित सामग्री

पर्यटनका साहसिक ‘प्रडक्ट’ गुमाउँदैछ पोखरा

साहसिक पर्यटकीय प्रडक्टको रुपमा पहिचान कमाएका ¥याफ्टिङ, ट्रेकिङ जस्ता गतिविधि कमजोर हुँदै जाँदा मार खेप्दै गएको पोखराको पर्यटन क्षेत्रले अब आकाशमा हुने साहसिक गतिविधि पनि गुमाउने अवस्था आएको व्यवसायीको गुनासो छ। आकाशमा हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्...

‘डुलुवा’ टोलीको भारत प्रवर्द्धन अभियान

पोखराको पर्यटन प्रवर्द्धन गर्न युवा पर्यटन व्यवसायीको टोली एकमहिने भारत भ्रमणमा निस्केको छ। टोलीले प्रवर्द्धनको यो समुहलाई ‘डुलुवा’ नाम दिएको छ। टोलीले यसअघि स्वदेशकै विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका गतिविधि गर्दै आएको थियो।...

दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल बढ्ने पोखराका पर्यटन व्यवसायीको विश्वास

वैशाख १५, पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए ।  तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।  यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ ।  यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ ।  यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।’ उनले विश्वका करीब १०० बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए । कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ । पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताए । उनले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको संख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।’ सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका ७०० र पोखरा आसपास गरी १ हजार २०० पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड संख्या छ । पर्यटकीय होटलमा करीब रू. चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औषत दुई दिन रहेको छ ।  त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।  आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, ‘बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे) मा पर्यटकको आगमन वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी छोटा पदयात्रा प्रवर्द्धनमा पनि यस बिदाले सघाउ पुर्‍याउन सक्ने उनले विश्वास व्यक्त गरे । पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ दशमलव ३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो ।  यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् । रासस

व्यवसायीको क्षमता अभिवृद्धिमा जुट्दै ‘एगा’

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित पर्यटन प्रवर्द्धन एवं अवलोकन भ्रमणका सहभागी यतिखेर पूर्वी नेपालमा पर्यटन प्रवर्द्धनसँगै क्षमता अभिवृद्धिमा जुटेका छन् । आइतबार पूर्वी नेपालको विराटनगर पुगेका व्यवसायी एवं सञ्चारकर्मीसहितको २५ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै पोखराको पर्यटन प्रवर्द्धन एवं इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायत विषयमा जानकारी गराएका छन् । एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल आन्तरिक र बाह्य पर्यटकका लागि आफू फर्कदा लैजाने पर्यटकीय चिनारीले विशेष महत्व राख्ने बताउछन् । इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई २०६१ सालमा स्थापित एगाले व्यवस्थित बनाउँदै लगेको पोखरेलको भनाइ छ । इम्ब्रोइडरी र गार्मेन्ट उद्योगले पर्यटकको इच्छाअनुसार कपडामा बुट्टा भर्नुका साथै स्वदेशी तानमा बुनेका कपडा सिलाइ गरी बिक्री वितरण गर्दै आएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । पोखरामा आउने पर्यटकलाई गुणस्तरीय सामान उपलब्ध गराउने र पोखराको विशिष्ट पहिचानसहितको कोशेली के बनाउन सकिन्छ भन्ने नै भ्रमणको उद्देश्य रहेको उनी बताउछन् । कोरोनाबाट प्रभावित पर्यटनको पुनःउत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ। इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको भए पनि संस्थाको योगदानको उचित मूल्याङ्कन हुन नसकेको एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउछन् । “पर्यटकीय चिनारीका लागि यहाँको पहिचान झल्कने सामग्री तयार गरी बिक्री वितरण गर्दा विश्वमाझ नेपालको प्रचारप्रसार भएको छ”, उनले भने, “इम्ब्रोइडरी र गार्मेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”

व्यवसायीको क्षमता अभिवृद्धिमा जुट्दै ‘एगा’

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित पर्यटन प्रवर्द्धन एवं अवलोकन भ्रमणका सहभागी यतिखेर पूर्वी नेपालमा पर्यटन प्रवर्द्धनसँगै क्षमता अभिवृद्धिमा जुटेका छन् । आइतबार पूर्वी नेपालको विराटनगर पुगेका व्यवसायी एवं सञ्चारकर्मीसहितको २५ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै पोखराको पर्यटन प्रवर्द्धन एवं इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायत विषयमा जानकारी गराएका छन् । एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल आन्तरिक र बाह्य पर्यटकका लागि आफू फर्कदा लैजाने पर्यटकीय चिनारीले विशेष महत्व राख्ने बताउछन् । इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई २०६१ सालमा स्थापित एगाले व्यवस्थित बनाउँदै लगेको पोखरेलको भनाइ छ । इम्ब्रोइडरी र गार्मेन्ट उद्योगले पर्यटकको इच्छाअनुसार कपडामा बुट्टा भर्नुका साथै स्वदेशी तानमा बुनेका कपडा सिलाइ गरी बिक्री वितरण गर्दै आएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । पोखरामा आउने पर्यटकलाई गुणस्तरीय सामान उपलब्ध गराउने र पोखराको विशिष्ट पहिचानसहितको कोशेली के बनाउन सकिन्छ भन्ने नै भ्रमणको उद्देश्य रहेको उनी बताउछन् । कोरोनाबाट प्रभावित पर्यटनको पुनःउत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ। इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको भए पनि संस्थाको योगदानको उचित मूल्याङ्कन हुन नसकेको एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउछन् । “पर्यटकीय चिनारीका लागि यहाँको पहिचान झल्कने सामग्री तयार गरी बिक्री वितरण गर्दा विश्वमाझ नेपालको प्रचारप्रसार भएको छ”, उनले भने, “इम्ब्रोइडरी र गार्मेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”

पुस १५ गतेदेखि फेवाताल किनारामा सडक महोत्सव शुरु

मंसिर २५, कास्की । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोशियसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।  पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नका लागि अंगे्रजी नयाँ वर्षको अबसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन (रेवान)ले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदैं आएकाले यसवर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका वर्षमा जस्तै यसपटक पनि विभिन्न जनसमुदाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए ।  ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रदर्शन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।  पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । अंग्रेजी नयाँ वर्षमा विगत दुई दशकदेखि पोखरामा सडक महोत्सवको आयोजना गरिदै आएको छ ।  प्रत्येक वर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउदै आएको आयोजकको दावी छ । महोत्सवमा अघिल्लो  वर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ ।

मौद्रिक नीतिः कार्यन्वयनमा पोखरेलीको सधैं आशंका

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई राहत पुग्ने गरी मौद्रिक नीति ल्याएको व्यवसायिक क्षेत्रले बताउँदै आएको छ । तर, पोखराको पर्यटन क्षेत्रको भने जहिल्यै यसप्रति गुनासो गरिरहन्छ । व्यवसायीको गुनासो यो पटक पनि उस्तै छ । गुनासो...

कोरोना विरुद्धको खोपले पर्यटनमा आशा

कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको केहीमात्रा खोप उपलब्ध गराइएको छ । खोप लगाएपछि पर्यटन क्षे...

थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

पोखरा : धर्मराएको पर्यटन व्यवसाय उत्थान गर्न पोखराका व्यवसायीहरुको दौडधुप चलिरहेको छ। कोरोनाले थला पारेको पर्यटन व्यवसाय उत्थान गर्न हारगुहार गर्दै व्यवसायीहरु बेलाबेला सम्बन्धित निकायको ढोका ढकढकाउन पुगिरहन्छन्। अहिले पोखराका पर्यटन व्यवसायीको प्रमुख माग व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप हो। सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोपको माग राखेर व्यवसायीहरु जिल्ला…