पर्यटन प्रवर्धनमा नीतिगत हेरफेरको सुझाव

कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन आर्थिक नीति र करको दायरामा सरकारले उदार नीति लिनुपर्ने सुझाव सम्बद्ध अधिकारीले दिएका छन्। पोखराको पर्यटन व्यवसायलाई लक्षित गरी नेपाल राजस्व परामर्श समितिले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका सहभागी अधिकांश व्यवसायीले यस्तो सुझाव दिएका हुन्।

सम्बन्धित सामग्री

पर्यटन विकासका लागि संसदीय समितिलाई सातबुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिले पर्यटन विकासमा पहल गरिदिन भन्दै संसदीय समितिलाई सातबुँदे सुझाव पेस गरेको छ । महासंघले पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने, भारतीय...

संघीय पर्यटन ऐनका लागि उद्योग परिसंघको सुझाव

काठमाडौं। नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेश गरेको छ । बिहीवार परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सुझाव पेश गरेको हो । उपाध्यक्ष शाहले परिसंघको पर्यटन समितिको संयोजनमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाबाट सुझाव लिइएको बताए । मन्त्री किरातीले संघीय पर्यटन ऐन तर्जुमा गर्न सरोकारवालालाई सुझाव दिन आग्रह गरेका थिए । सोहीअनुसार परिसंघको पर्यटन समितिको समन्वयमा होटेल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल माउन्टेरिङ एसोसिएसन (एनएमए), स्कल इन्टरनेशनल नेपाल (एसकेएल), रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), नेपाल एसोसिएसन अफ टूर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), नेपाल टुरिष्ट भेइकल एसोसिएसन, विश्व पर्यटन सञ्जाल नेपाल च्याप्टर लगायतबाट समेत सुझाव लिइएको थियो ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र रहेकाले यसका सम्भाव्यता उजागर गर्दै लाभ लिन अब बन्ने संघीय पर्यटन ऐन सहयोगी हुने बताए ।  परिसंघले संघीय पर्यटन ऐन कस्तो हुनुपर्छ भन्ने विषयमा १० ओटा विषयलाई आधार बनाई यसको संरचना, ऐनले लिनुपर्ने उद्देश्य तथा ऐनको प्रस्तावनाबारे पनि सुझाव दिएको छ । संघीय पर्यटन ऐनले पर्यटन क्षेत्रलाई बृहत् रूपमा समेट्नुपर्ने भन्दै परिसंघले यसको क्षेत्र एवं दायरा निश्चित गर्न पर्यटकीय गतिविधि, सेवा, व्यवसाय तथा गन्तव्यस्थलको परिभाषाका लागि समेत सुझाव दिएको छ ।  समग्र आर्थिक विकासका लागि रोजगारी सृजनामा योगदान बढाई आयआर्जनको महत्त्वपूर्ण एवं दिगो स्रोतको रूपमा पर्यटन उद्योग विकास गर्न सहजीकरण गर्नेगरी ऐन बनाउनुपर्ने सुझाव परिसंघको छ । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले अब बन्ने संघीय पर्यटन ऐनमा निजी क्षेत्रका तर्फबाट परिसंघले प्रस्तुत गरेको सुझाव समेटिने विश्वास व्यक्त गरिन् । परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किरातीले संघीय पर्यटन ऐन ल्याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । संसद् शुरू हुनेबित्तिकै संसद्मा संघीय पर्यटन ऐनको विधेयक दर्ता गर्ने गरी तयारी गरिएको जानकारी उनले दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुझाव संकलन

नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले विज्ञहरूको सहभागितामा सात प्रदेशका विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाबीच कार्यशाला गोष्ठीको आयोजना गरी सुझाव संकलन गरेको हो।...

पोखरा महानगरका प्रमुखलाई पोखरा पर्यटन परिषदद्वारा सुझाव

पर्यटन सम्बद्ध संघ संगठनको छाता संस्था पोखरा पर्यटन परिषदको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटन लक्षित विकासका लागि सुझावहरू दिएको छ । परिषदले एक कार्यक्रमका बीच पर्यटकीय सहर पोखराको थप विकासका लागि आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरू औंल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव दिएको परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । “पोखरा लेकसाइडका पर्यटन […]

पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाउँ’

कोरोना कहरपछि नेपालको पर्यटन प्रबद्र्धनका लागि १८ किसिमका काम गर्नुपर्ने सुझाव दिइएको छ । पर्यटन विकासका लागि ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रुपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्य बनाउनुपर्ने सुझाव दिइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर …

पर्यटन पुनरुत्थान समितिको सुझाव : १० मुलुकका दूतावासमा पर्यटन अधिकारी राखौं

१६ वैशाख, काठमाडौं । पर्यटन पुनरुत्थान प्राविधिक समितिले नेपालमा पर्यटक आउने उत्कृष्ट १० मुलुकमा रहेको नेपाली दूतावासमा पर्यटन क्षेत्र हेर्न छुट्टै अधिकारी राख्न सुझाव दिएको छ । समितिले आफ्नो प्रतिवेदन शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाएको छ । सो प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष १० मुलुकस्थित नेपाली दूतावासमा पर्यटन […]

स्वास्थ्य मापदण्डमा कडाइ गर्दै पर्यटन सुचारु गर्न माग

नेपाल पर्यटन बोर्डले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यसबीचमा गरेका कामहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव पनि लिएको छ ।निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव बोर्डलाई दिएका […]

छुट्टै पर्यटन ऐन ल्याउन व्यवसायीको सुझाव

गण्डकी प्रदेशका व्यवसायीहरुले प्रदेश सरकारलाई छुट्टै पर्यटन ऐन ल्याउन सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार गरेको आन्तरिक राजस्व संकलनमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागी व्यवसायीले उक्त सुझाव दिएका हुन् ।गण्डकी प्रदेशमा विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्ग, ढोरपाटन, नेपाल पर्यटन बोर्डलगायतका पर्यटकीय गन्तव्यबाट संकलन हुने राजस्वमा प्रदेश सरकारको हक लाग्ने भएकोले त्यसबाट संकलन […]

डिजिटल मार्केटिङ गर्न पर्यटन बोर्डलाई सुझाव

काठमाडौं, असार २३ । पर्यटन व्यवसायीले नेपाली पर्यटनको पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्। उनीहरूले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरू आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरूप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्। आर्थिक वर्ष २०७८र७९ को बजेटका सन्दर्भमा बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै व्यवसायीले बाह्य […]

पर्यटन क्षेत्रको उत्थानमा बजेट केन्द्रित गर्न सुझाव

आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको तयारी गर्दै गरेको पर्यटन बोर्डलाई सरोकारवाला निकाय, व्यवसायी तथा सञ्चारकर्मीहरूले कोभिड प्रभावित समग्र पर्यटन क्षेत्रको उत्थानका लागि बजेट केन्द्रित गर्न सुझाव दिएका छन् । बिहीबार बोर्ड मार्फत आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले बोर्डलाई यस्तो सुझाव दिएका हुन् । कोभिड–१९ को उच्च चपेटामा परेको पर्यटन क्षेत्रको सुधार एंव वृद्धि विकाससँगै प्रभावित व्यवसायी, श्रमिक, गाइड तथा पोर्टलहरुको व्यवसायीक सुरक्षामा बोर्डको बजेट केन्द्रित हुन