बुधवार एकै दिन १३ प्रतिशतले ओरालो लाग्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा बुधवार तेलको भाउ एकै दिन १३ प्रतिशतले घटेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने बताएपछि तेलको भाउमा उक्त दिन २ वर्षयताकै उच्च एक दिने कमी आएको हो ।  बुधवार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो । ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो । सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो । अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ । यो एक दिने कमी नोभेम्बरयताकै उच्च हो ।  अहिले यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । पछिल्लो समय विश्व बजारमा तेलको भाउमा भएको वृद्धि नियन्त्रण गर्न अमेरिकाले विश्वभरका तेल उत्पादक देशहरुलाई सकेको जति उत्पादन बढाउन भनिरहेको छ । अहिले तेलको मूल्य वृद्धि रोक्न माग धान्ने गरी उत्पादन बढाउन जरुरी छ । रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि  तेल बजारमा बुधवार कमी आएको हो । रुसी विदेश मन्त्री युक्रेनी समकक्षीसँग वार्ताका लागि बुधबार टर्की गएको खबरले पनि तेल बेजारमा  पछिल्लो समय देखिएका त्रास कम गरेको हो ।  रुसी तेलमाथि अमेरिका, बेलायत र ईयूले लगाएको प्रतिबन्धका कारण बजारमा उत्पन्न आपूर्ति अभाव ओपेकको अतिरिक्त तेल आपूर्तिले केही कम गर्न सक्ने सम्भावना पनि पछिल्लो समय देखिएको छ । रुस विश्वको शीर्ष कच्चा तेल र इन्धन निर्यातकर्ता हो । विश्वको कूल आपूर्तिको ७ प्रतिशत अर्थात् झन्डै दैनिक ७० लाख ब्यारेल तेल रुसबाट आउने गरेको छ । कच्चा तेल भन्डारणबाट थप तेल बजारमा ल्याउन सकिने अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अभिव्यक्तिले पनि बुधवार तेलको भाउ घटेको हो । एजेन्सी 

सम्बन्धित सामग्री

कच्चा तेलको भाउ प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण

काठमाडौं । आगामी वर्षसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको जेपी मोर्गन बैंकका उर्जा विश्लेषकले आगामी वर्ष कच्चा तेलको भाउ १५० डलर पुग्ने दाबी गरेका हुन । तेल बजारमा मन्दी नै छायो भने पनि प्रति ब्यारेल ८० डलर भन्दा तल नझर्ने उनीहरुको दाबी छ । अहिलेकै हिसाबाले तेल […]

तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

२२ जेठ, काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् । साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका […]

बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।  लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।  चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।   विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन । एजेन्सी

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अकासियो

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अकासिएको छ । सोमबार ब्रेन्ट क्रुड बजारमा कच्चा तेलको मूल्य बढेर १३० डलर प्रतिब्यारेलसम्म पुगेको हो । युक्रेनमा जारी रुसी आक्रमण र पश्चिमा मुलुकहरुले रुसी तेलको विकल्प खोज्न लागेको हल्लामाझ तेलको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सन् २००८ को आर्थिक मन्दीका बेला तेलको भाउ सबैभन्दा धेरै […]

तेलको भाउ १५० डलरमा पुग्ने अनुमान

मंसिर १५, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल पुग्ने अनुमान गरिएको छ । अमेरिकी बहुराष्ट्रिय स्वतन्त्र लगानी बैंक जेफ्रीज ग्रुपका इक्विटी स्ट्राटेजीका ग्लोबल हेड क्रिस्टोफर वूडले बुधवार सीएनबीसीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको सारा विश्व पुनः खुल्यो भने भाउमा उल्लेख्य वृद्धि हुन सक्ने उनको भनाइ छ । अधिकांश एशिया बन्द भएको बेलामा पनि तेलको भाउ प्रतिब्यारेल ८० माथि जान सक्यो । चीनको सीमा प्रभावकारी रुपमा अझै बन्द छ ।‘आपूर्तिमा समस्या नाटकीय रहेकोले विश्व साँच्चै नै पूरा खुल्यो भने भाउ १५० डलरसम्म जान सक्छ,’ उनले भने । आफ्नो लागि समस्या तेलको भाउ नभएर महामारी भएको पनि उनले बताएका छन् । हालका वर्षहरुमा खनिज इन्धनमाथिको राजनीतिक आक्रमणका कारण ऊर्जाको क्षेत्रमा लगानीका लागि प्रोत्साहन हटाइएको छ । तर गत वर्ष विश्वको ऊर्जा मागमध्ये ८४ प्रतिशत माग खनिज इन्धनबाटै पूर्ति भएको उनले औंल्याएका छन् । अहिले तेलमा कसैले लगानी नगरेको तर जैविक इन्धनको खपत भने भइरहेकोले विश्व पूरा खुलेपछि तेलको भाउ निकै माथि जाने र यसले महँगी डरलाग्दो गरी बढाउने वूडको भनाइ छ ।हालैका दिनमा भने विश्व बजारमा तेलको भाउ घटेको छ । बुधवार बिहान एशियाली कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७१ डलर ९ सेन्ट रहेको थियो । अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल ६८ डलर ५ सेन्ट आसपास थियो । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भ्यारिएन्ट ओमिक्रोनबारे चेतावनी दिएपछि शुक्रवार तेलको भाउका लागि यस वर्षकै खराब दिन बनेको  थियो । त्यसयता तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । एजेन्सी

तेलको भाउ बढ्दा अर्थतन्त्र बिग्रिने चिन्ता

६ महिनाकै अवधिमा कच्चा तेलको भाउ करिब ४५ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य ६ महिनामा बढेर गत बिहीवार ७६ डलर पुगेको थियो।...

कच्चा तेलको भाउ ७५ डलरमाथि आसपास

असार २१, लन्डन (बेलायत) । अन्तरराट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७५ डलर आसपास रहेको छ ।  पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका प्रमुख तेल उत्पादकहरु अर्थात् ओपेक प्लसबीच तेलको उत्पादनसम्बन्धी नीतिमा गत हप्ता महत्वपूर्ण सम्झौता हुन नसकेपछि तेलको भाउले टेवा पाएको हो ।  साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स बीच तनाव बढिरहेकै समयमा सो सम्झौतमा सहमति हुन नसकेको हो । सोमवारको कारोबारमा तेलको भाउमा उतारचढाव कायमै रहेको थियो । यद्यपि यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७ : ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव शून्य १ प्रतिशतले बढी ७६ डलर ६८ सेन्ट कायम भएको थियो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल शून्य दशमलव शून्य ५ प्रतिशतको वृद्धिसहित ७५ डलर १४ सेन्टमा किनबेच भइरहेको थियो । गत हप्ता दुई पटक सम्झौता हुन नसकेपछि ओपेक प्लस पुनः सोमवार भेट्दै छन् ।  सम्झौता भएन भने तेलको भाउ बढ्ने र आर्थिक पुनःबहालीको क्रम भंग हुने अपेक्षा गरिएको छ । वार्ता असफल भयो भने पनि मूल्य युद्ध चर्किने अनुमान गरिएको छ ।  यद्यपि मूल्य युद्धको अवस्था सृजना नहुने विश्लेषकहरुले बताएका छन् । बिहीवार पहिलो पटक सम्झौता हुन नसकेपछि ब्रेन्ट क्रुड र यूएस क्रुड दुबैको भाउ २ प्रतिशतभन्दा धेरैले बढेर ७५ डलरमाथि पुगेको थिए ।  यस स्तरमा तेलको दुबै बेञ्चमार्क सन् २०१८ यता पहिलो पटक उक्लिएका हुन् । शुक्रवारको बैठकमा पनि कुनै ब्रेकथु्र हुन सकेन । सन् २०२१ को पहिलो छ महीनामा तेलको भाउ ४५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

कच्चा तेलको भाउ घटाउन ओपेकलाई भारतको आग्रह

११ असार, काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेका छन् । यस किसिमको कटौती चरणबद्धरुपमा हटाइनुपर्ने भारतको माग […]

तेलको भाउ २ वर्षकै उच्च विन्दुमा

जेठ १८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेर २ वर्षकै उच्च विन्दुमा  उक्लिएको छ ।  आगामी चरणको उत्पादन नीतिबारे छलफल गर्न मंगलवार प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपकबाहिरका प्रमुख तेल उत्पादकहरु भिडियो कन्फ्रेन्समार्फत भेट्दै थिए । सो बैठकमा उत्पादन बढाउनेबारे सहमति हुन सक्ने आशामा तेलको भाउ बढेको हो ।  मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ । यो २ वर्षभन्दा बढी समययताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।  दुबै क्रुड फयूचर यस अघि सन् २०१९ मा मात्रै यो स्तरमा आएको थियो । एजेन्सी

फेरि बढ्याे खाने तेलको भाउ

बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ ।सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुप