तेलको भाउ २ वर्षकै उच्च विन्दुमा

जेठ १८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेर २ वर्षकै उच्च विन्दुमा  उक्लिएको छ ।  आगामी चरणको उत्पादन नीतिबारे छलफल गर्न मंगलवार प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपकबाहिरका प्रमुख तेल उत्पादकहरु भिडियो कन्फ्रेन्समार्फत भेट्दै थिए । सो बैठकमा उत्पादन बढाउनेबारे सहमति हुन सक्ने आशामा तेलको भाउ बढेको हो ।  मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ । यो २ वर्षभन्दा बढी समययताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।  दुबै क्रुड फयूचर यस अघि सन् २०१९ मा मात्रै यो स्तरमा आएको थियो । एजेन्सी  

सम्बन्धित सामग्री

ओपेकले तेलको भाउ किन घटाउँदैन? - BBC News नेपाली

तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा पुगेको छ तर किन तेल निर्यात गर्ने देशहरूले मूल्य घटाइरहेका छैनन्?

युक्रेन युद्धको असर : तेलको भाउ १४ वर्षयताकै उच्च, प्रति ब्यारेल १३९ डलर पुग्यो

बीबीसी । तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकासहित यसका मित्रराष्ट्रहरूले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो । त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ ।  कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारेल १३९ डलर पुगेको छ । एक...

कच्चा  तेलको भाउ ३ वर्षकै उच्च विन्दुमा

असोज १९, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ ।  तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेलको उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तरराष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो । विद्यमान दैनिक ५८ लाख ब्यारेलको उत्पादन कटौती हटाउँदै लैजान कम्तिमा सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजानेमा गत जुलाईमा ओपेक प्लसले सहमति गरेका थिए ।  मंगलवार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ४१ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो ।  सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी