तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

२२ जेठ, काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् । साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका […]

सम्बन्धित सामग्री

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं । साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई महीनामा दैनिक अरु १० लाख ब्यारेल तेल उत्पादन घटाउने अनि यो म्याद थप्ने घोषणा गर्यो ।  योसँगै साउदीको दैनिक कच्चा तेलको उत्पादन कटौती ९० लाख ब्यारेलमा पुगेको छ । यो कटौती साउदीले वर्षौयताको सबैभन्दा ठूलो कटौती थियो । साउदीको स्वेच्छिक उत्पादन कटौतीको खबरले सोमवार कच्चा तेलको भाउ बढेको थियो ।  तर मंगलवार बजार पुनः रातोमा आयो । अघिल्लो दिन भएको वृद्धि सबै गुम्यो । विश्वमा माग पूरा हुने गरी कच्चा तेलको आपूर्ति नहुने हो कि भन्ने भयलाई माग कमजोर रहने अपेक्षाले जित्दा तेल बजार दबाबमा आएको विश्लेषण गरिएको छ ।  बिहानी कारोबारदेखि नै बजार दबाबमा थियो ।  यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँँझ ५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतले घटेर ७४ डलर ९९ सेन्टमा आएको थियो ।  सोही समयमा अमेरिकी बेञ्चमार्क पनि  प्रतिब्यारेल २ दशमलव ०४ प्रतिशतले घटेर ७० डलर ४४ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा भने साउदीको घोषणा लगत्तै ब्रेन्टको भाउ २ डलर ६० सेन्ट र यूएस क्रुड ३ डलर ३० सेन्टले बढेको थियो ।  साउदीको पछिल्लो कदमले तेल बजारलाई टेवा दिने आशा गरिएको थियो । जुनमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्छ वा घटाउँछ भनेर हेर्नकै लागि लगानीकर्ताहरुले लगानी थाँती राख्दा तेल बजार दबाबमा आएको छ ।  अप्रिलमा प्रमुख तेल उत्पादकहरुले उत्पादन कटौतीको घोषणा गरेयता कच्चा तेलको भाउ झन्डै १० प्रतिशतले घटेको छ । ब्रेन्टको भाउघटेर प्रतिब्यारेल ७० डलरनजिक आयो । भाउ यो स्तरमा सन् २०२१ को डिसेम्बरयताकै न्यून थियो ।

उत्पादन कटौती हुँदा पनि कच्चा तेलको भाउ घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० अमेरिकी डलरभन्दा तल झरेको छ । बुधबार साढे १२ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.५ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७७.७, डब्लूटीआई तेलको मूल्य ७४.३ डलरमा झरेको छ ।

कच्चा तेलको भाउ घटेपछि अक्टोबरमा दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गरिँदै

तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लसले आगामी अक्टोबरदेखि दैनिक १ लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको ओपेक प्लसको बैठकले आगामी महिनादेखि उत्पादनको लक्ष्यमा प्रतिदिन १ लाख ब्यारेल कटौती गर्ने निर्णय गर्दै आवश्यक परेका बेला ओपेक प्लस र गैरओपेक मुलुककाे मन्त्रिस्तरीय बैठक बोलाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कच्चा  तेलको भाउ ३ वर्षकै उच्च विन्दुमा

असोज १९, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ ।  तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेलको उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तरराष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो । विद्यमान दैनिक ५८ लाख ब्यारेलको उत्पादन कटौती हटाउँदै लैजान कम्तिमा सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजानेमा गत जुलाईमा ओपेक प्लसले सहमति गरेका थिए ।  मंगलवार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ४१ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो ।  सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

तेलको उत्पादन कटौती आगामी वर्षको सेप्टेम्बरसम्ममा अन्त्य गर्ने लक्ष्य

साउन ४, दुबई (संयुक्त अरब इमिरेट्स) । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठनबाहिरका अन्य  प्रमुख तेल उत्पादकहरु (ओपेकप्लस)ले तेलको उत्पादन कटौती सन् २०२२ को सेप्टेम्बरसम्ममा अन्त्य गर्न सहमति गरेका छन् ।  आइतवार ओपेकप्लसले तेलको उत्पादन दैनिक ५८ लाख ब्यारेलले घटाउने विषयमा गरिएको सम्झौता सो अवधिसम्म समाप्त गर्नेबारे सम्झौता गरेका हुन् । समन्वित रुपमा तेलको उत्पादन कटौती खुकुलो बनाउने यो सम्झौता अगष्टदेखि शुरु हुने एक विज्ञप्तिमा ओपेकले भनेको छ । सो अवधिदेखि मासिक आधारमा समग्र उत्पादन दैनिक ४ लाख ब्यारेललका दरले बढ्नेछ ।  विश्वको अधिकांश हिस्सामा आर्थिक पुनर्बहाली जारी रहेकोले विश्वव्यापी तेलको मागमा सुधारको स्पष्ट संकेत देखिएको र ओईसीडीको तेल सञ्चिति पनि घटिरहेको ओपेक प्लसको १९ औं मन्त्रीस्तरीय बैठकमा बताइएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ४३ प्रतिशतले बढेको छ ।  गत वर्ष यही समयतिरको तुलनामा यसको भाउ ६० प्रतिशतभन्दा धेरै माथि छ । सन् २०२१ को अर्धवार्षिक अवधिमा तेलको भाउ प्रतिब्यारेल ८० ब्यारेलमा पुग्ने अपेक्षा गरिएको छ । शुक्रवार बजार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७३ डलर ५९ सेन्टमा आएर बन्द भएको थियो । एजेन्सी