एक महिनामै बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब बीमा शुल्क

२२ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बीमा कम्पनीहरुले १९ अर्ब ५३ करोड २९ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा शुल्क २४.१० […]

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]

मेटलाइफको बीमा शुल्क भुक्तानीमा ‘ई–म्यान्डेट’ सुविधा

काठमाडौं  । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले बीमा शुल्क भुक्तानीका लागि डिजिटल ‘ई–म्यान्डेट’ सुविधा ल्याएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गरी यो सुविधा ल्याइएको हो । यो सुविधा नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याइएको मेटलाइफ नेपालले जानकारी दिएको छ । मेटलाइफको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गरी दर्ता भएपछि सुविधाको प्रक्रिया पूरा हुने बताइएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले यो विकास तथा प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको बीमा शुल्क संकलन प्रक्रिया परिवर्तन गर्ने अपेक्षा गरे ।

जीवन बीमा व्यवसाय : वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो । कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो । किन घट्यो बीमा शुल्क आर्जन ? देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् । 'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।' 'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने । अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।  महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) बीमा शुल्क (रु लाखमा) साउन 22,033.45 128,540.40 150,573.86 भदौ 26,124.99 83,734.80 109,859.79 असोज 22,796.96 74,537.96 97,334.93 कात्तिक 20,217.15 82,129.66 102,346.81 मंसिर 21,536.38 113,510.41 135,046.79 पुस 29,070.30 92,288.07 121,358.37 माघ 22,792.46 94,601.25 117,393.71 फागुन  20,673.03 82,665.25 103,338.27 चैत 24,808.16 85,287.54 110,095.70 वैशाख 23,225.91 70,523.31 93,749.22                                                                                         स्रोत: नेपाल बीमा प्राधिकरण बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य बीमा कम्पनीहरुको अवस्था के छ? बीमा कम्पनी चैत महीनाको बीमा शुल्क (रु लाखमा) वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) फरक प्रतिशत राष्ट्रिय बीमा संस्थान 3634.54 4,783.09 31.60 नेशनल लाइफ इन्स्योरेन्स 11523.53 10,216.80 -11.34 नेपाल लाइफ इन्स्योरेन्स 28825.42 23,920.03 -17.02 लाइफ इन्स्योरेन्स कपोरेशन  14472.88 12,434.42 -14.08 मेट लाइफ 4862.5 3,973.08 -18.29 एशियन लाइफ इन्स्योरेन्स  6021.08 4,946.10 -17.85 गुरास लाइफ इन्स्योरेन्स* 2551.01 1,493.44 -41.46 प्राइम लाइफ इन्स्योरेन्स* 3762.42 1,865.62 -50.41 आइएमई लाइफ इन्स्योरेन्स 3638.44 2,794.56 -23.19 युनियन लाइफ इन्स्योरेन्स* 5777.86 4,744.84 -17.88 सन नेपाल लाइफ इन्स्योरेन्स 2901.21 2,635.70 -9.15 रिलायन्स लाइफ इन्स्योरेन्स* 499     रिलायबल नेपाल इन्स्योरेन्स 3838.25 2,639.83 -31.22 सिटिजन्स लाइफ इन्स्योरेन्स 4451.17 4,024.39 -9.59 सानीमा लाइफ इन्स्योरेन्स* 443.99     प्रभु लाइफ इन्स्योरेन्स 1547.58 1,364.69 -11.82 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1679.62 1,266.56 -24.59 सुर्य ज्योती लाइफ इन्स्योरेन्स 7192.46 5,729.13 -20.35 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* २४७२.७५ 3,405.22 37.71 हिमालन लाइफ इन्स्योरेन्स*   1,511.73   जम्मा 110095.71 93,749.23 -14.85 स्रोत: नेपाल बीमा प्राधिकरण *सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।  *गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं, २५ पुष । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि […]

साउनमा बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी अगाडि, त्यसपछि शिखर र हिमालयन

काठमाडौं। गत साउनमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ। करिब ७ वर्षदेखि लेखापरीक्षण समेत नगरी बसेको

७ महीनामा बीमा कम्पनीले आर्जन गरे १ खर्बभन्दा बढी बीमा शुल्क

फागुन २१, काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा बीमा कम्पनीहरुले  १ खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।  नेपालमा सञ्चालित सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले साउनदेखि माघ महीनासम्म त्यति रकम संकलन गरेका हुन् । हाल नेपालमा जीवन र निर्जीवन गरी ३९ ओटा बीमा कम्पनी सञ्चालनमा छन् ।  पछिल्लो समयमा बीमा कम्पनीको संख्या बढ्दै गएपछि बीमितको संख्या पनि बढिरहेको छ । यद्यपि सरकारी अधिकारीहरुले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने भन्ने गरेपनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । बीमा समितिका अनुसार हालसम्म जनसंख्याको करीब ३५ प्रतिशतले बीमा गरेका छन् ।  साउन–माघसम्म बीमालेख विक्रीबाट १ खर्ब ३ अर्ब ११ करोड रुपैयाँ बीमा शुुल्क संकलन गरेको समितिले बताएको छ । गत आवको सोही अवधिमा यी कम्पनीहरुले ९२ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेका थिए ।  समितिका अनुुसार बीमा कम्पनीहरुको संकलन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको सात महीनाको तुलनामा चालू आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन वृद्धि राम्रो देखिएको छ । गत आवको माघ महीनाको तुलनामा २० निर्जीवना बीमा कम्पनीको बीमा शुल्क संकलन चालू आवको सोही अवधिमा २२ प्रतिशतले वृद्धि भएको छ । ती कम्पनीले चालू आवको माघ महीनासम्ममा २१ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यी कम्पनीले गत आवको सोही अवधिमा १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  त्यसैगरी १९ ओटा जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन चालू आवको माघ महीनासम्ममा गत आवको तुलनामा ९ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले चालू आवको माघ मसान्तसम्म ८१ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  गत वर्षको सोही अवधिमा यी कम्पनीले ७४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  उक्त अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । उक्त कम्पनीले चालू आवको सात महीनमा २१ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  त्यसैगरी निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले चालू आवको सात महीनामा २ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क संलन गरेको छ ।

ओरियन्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]