मेटलाइफको बीमा शुल्क भुक्तानीमा ‘ई–म्यान्डेट’ सुविधा

काठमाडौं  । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले बीमा शुल्क भुक्तानीका लागि डिजिटल ‘ई–म्यान्डेट’ सुविधा ल्याएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गरी यो सुविधा ल्याइएको हो । यो सुविधा नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याइएको मेटलाइफ नेपालले जानकारी दिएको छ । मेटलाइफको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गरी दर्ता भएपछि सुविधाको प्रक्रिया पूरा हुने बताइएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले यो विकास तथा प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको बीमा शुल्क संकलन प्रक्रिया परिवर्तन गर्ने अपेक्षा गरे ।