११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]

सम्बन्धित सामग्री

जीवन बीमा व्यवसायको वृद्धिदर घट्यो

काठमाडौं । पछिल्लो समय जीवन बीमा व्यवसायको वृद्धिदर घट्दो अवस्थामा देखिएको छ । कोरोना महामारीमा समेत जीवन बीमा व्यवसाय उत्साहजनक रूपमा भएको थियो । तर, चालू आवको पहिलो महीना अर्थात् साउनयता जीवन बीमा व्यवसाय घट्दै गएको छ । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकअनुसार मासिक बीमाशुल्क संकलनको आधारमा यस्तो व्यवसाय घट्दै गएको हो । चालू आवको पहिलो महीनामा मासिक रू. १६ अर्ब ६१ करोड बीमाशुल्क रुपैयाँ संकलन भएको थियो । मङ्सिरमा आइपुग्दा मासिक बीमाशुल्कको आकार ९ अर्ब ४६ करोड ६९ लाख रुपैयाँमा झरेको छ । कात्तिक मसान्त र मंसिर मसान्तसम्मको कुल व्यवसाय अनुसार यस्तो अन्तर देखिएको हो । कुल व्यवसायको वृद्धिदर पनि घट्दो अवस्थामा नै छ । कुल व्यवसाय गत आवको तुलनामा बढी नै छ । तर, त्यसको वृद्धिदर भने घट्दै गएको समितिको तथ्यांकले देखाएको छ । गत साउनमा जीवन बीमा व्यवसायको वृद्धिदर २७ दशमलव ३८ प्रतिशत रहेको थियो । मङ्सिरसम्म आउँदा त्यो करीब १७ प्रतिशतमा सीमित भएको छ । समितिका अनुसार कुल व्यवसायमा साउन मसान्तसम्म २७ दशमलव ३८ प्रतिशत, भदौ मसान्तसम्म ३४ दशमलव २४ प्रतिशत, असोज मसान्तसम्म १८ दशमलव २८ प्रतिशत र कात्तिक मसान्तसम्म २३ दशमलव २२ प्रतिशतले व्यवसाय बढेको थियो । तर, मंसिर मसान्तसम्म आउँदा त्यो करीब १७ प्रतिशतमा सीमित भएको छ । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । मङ्सिर मसान्तसम्म उनीहरूले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ जीवन बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको भन्दा १६ दशमलव ७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४९ अर्ब ४९ करोड रुपैयाँ जीवन बीमाशुल्क संकलन भएको थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय जीवन बीमा व्यवसाय घट्दो क्रममा देखिएको बताए । ‘पहिला जीवन बीमा व्यवसायको वृद्धिदर उत्साहजनक थियो । तर, पछिल्लो समय जीवन बीमा व्यवसाय त्यति उत्साहजनक देखिएन,’ उनले भने, ‘यस्तो किन भएको हो, त्यो अध्ययनको विषय हो ।’ नेपालको अर्थतन्त्रमा आइरहेको समस्या, तरलता अभावका कारण यस्तो भएको हुन सक्ने उनको भनाइ छ । यता बीमा कम्पनीहरू पनि पछिल्लो समयको व्यवसायबाट सन्तुष्ट छैनन् पछिल्लो समयको व्यवसाय उत्साहजनक नभएको उनीहरूको भनाइ छ । व्यवसायको वृद्धिदरमा देखिएको संकुचनप्रति कम्पनीहरूले चिन्ता प्रकट गरेका छन् । समग्रमा कोरोनाको दोस्रो लहरपछि बीमाप्रति आकर्षण घटेको कम्पनीहरूको भनाइ छ । कोरोनाको दोस्रो लहरमा आम मानिसमा ठूलो त्रास थियो । फलस्वरूप उनीहरूले आर्थिक सुरक्षणको लागि बीमा गर्न थालेका थिए । तर, दोस्रो लहरपछि आम मानिसले कोरोनालाई सामान्य रूपमा लिन थालेका छन् । त्यसपछि आम मानिसले बीमाप्रति त्यति चासो देखाएका छैनन् । त्यसमाथि कोरोना बीमाको दाबी भुक्तानी नहुँदा पनि बीमाप्रति सर्वसाधारणको बुझाइ फरक छ ।

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं, मंसिर २० । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक […]

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म रू. ४८ अर्ब ३२ करोड ८६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा व्यवसाय २३ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १९ जीवन बीमा कम्पनीले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन भने रू. १२ अर्ब ६९ करोड ५५ लाख रहेको छ । यसैगरी नवीकरण बीमाशुल्क रू. ३५ अर्ब ७ करोड ९२ लाख र वैदेशिक रोजगार बीमाशुल्क रू. ५५ करोड ३९ लाख संकलन भएको छ । बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा रू. १२ अर्ब ५५ करोड ३५ लाख बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसीले रू. ६ अर्ब ५८ करोड ८० लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रू. ४ अर्ब ७८ करोड ६५ लाख बीमाशुल्क संकलन गरेको छ । बीमा कम्पनीहरू पहिलो चौमासको व्यवसायबाट सन्तुष्ट छैनन् । कम्पनीहरू व्यवसाय वृद्धिदरमा सन्तोष नभएका हुन् । प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोज भट्टराईले पहिलो चौमासको व्यवसाय उत्साहजनक नभएको बताए । पछिल्लो समय बीमाप्रति आम मानिसको आकर्षण नै कम देखिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहरपछि बीमाप्रति आर्कषण घटेको छ । कोरोनाको दोस्रो लहरमा आम मानिसमा ठूलो त्रास थियो । फलस्वरूप उनीहरूले आर्थिक सुरक्षणकोे लागि बीमा गर्न थालेका थिए,’ उनले भने, ‘तर, दोस्रो लहरपछि आम मानिसहरूले कोरोनालाई सामान्य रूपमा लिन थाले । भ्याक्सिन पनि आइसकेकाले बाचिन्छ भन्ने आशा पनि भयो । त्यसपछि बीमाप्रति त्यति चासो देखाएका छैनन् ।’ कोरोना बीमाको दाबी भुक्तानी नहुँदा पनि बीमाप्रति सर्वसाधारणको आकर्षण घटेको उनको भनाइ छ । ‘कोरोना बीमामा ९/१० अर्ब भुक्तानी हुन सकेको छैन । त्यसको असरले आम मानिसमा बीमाप्रति नकारात्मक भाव पैदा भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि आम मानिसहरू बीमाप्रति त्यति आकर्षित छैनन् ।’