जनकपुरमा बागी उमेदवार १,५८७ मतले अगाडि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । तीन वडाको गणना सकिएको छ ।  अहिलेको परिणामअनुसार नेपाली कांग्रसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साह १,५८७ मतले अघि दखिएका छन् ।  साहले १९१८ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साह (हीरा)ले ९१८ मत प्राप्त गरेका छन् ।  स्वतन्त्र उमेदवार बलाम महतोले ६६२, लोकतान्त्रिक...

सम्बन्धित सामग्री

जनकपुरमा स्वतन्त्रका साह दोब्बर मतले अघि, पच्छ्याउँदै एमाले : गठबन्धन धेरै पछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज कुमार साहले ३१५९ मत ल्याएर अग्रता कायम राखेका छन् । पालिकाको १ देखि ५ नम्बर वडाको मतगणनापछि दोब्बर बढी मतले साहले अग्रता कायम राखेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह (हिरा)ले १४८१ मत ल्याएर पछ्याइरहेका छन् । स्वतन्त्र उमेदवार बलराम महतो ८६३,...

जनकपुरमा स्वतन्त्र उमेदवारकाे १२६४, गठबन्धनकाे मत १९६ !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।  पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका...

जनकपुरमा बागी उमेदवारको अग्रता कायम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।  पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । नेकपा एमालेका शिवशंकर साह हीरा ६३८ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका...

जनकपुरमा ९७९ मतगणना हुँदा गठबन्धनका मेयरका उमेदवारलाई ४८ मत

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । ९७९ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार लाल किसोर साह मात्र ४८ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका बागी उमेदवार मनोज साहले ठूलो मतान्तरले पछि पारेका हुन् ।  मनोजले ३२९ मत ल्याएका छन् । लालकिसोर जनता समाजवादी पार्टी (जसपा)बाट...

स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्।

जनकपुरमा ७०० मत गन्दा कांग्रेसका ‘बागी’ साहले पाए २३२

जनककपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका ‘बागी’ उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ७०० मतगणना गर्दा साहले २३२ मत पाएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उमेदवारी दिएका हुन् । सत्ता गठबन्धनतर्फका उमेदवार लालकिशोर साहले २८ मत पाएका छन् । अहिले जनकपुरधाम–१ को गणना भइरहेको छ । यस्तै, नेकपा...