माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् । बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ । यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो । सम्मेलनलाई