रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

अध्यक्ष रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नयाँ सरकारमा सहभागी हुने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा पार्टीको तर्फबाट अध्यक्षको नेतृत्वमा जाने निर्णय रास्वपाको बैठकले गरेको हो। रास्वपाले आइतबार बालकोटा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। त्यसपछि अध्यक्ष लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।...

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।...

रास्वपा असमावेशी, खस आर्यको वर्चस्व, पार्टी समावेशी नभएको रविको स्वीकार

वैकल्पिक राजनीतिक शक्तिका रूपमा देखा परेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असमावेशी देखिएको छ ।

रास्वपा सङ्घीयताको पक्षमा छ : रवि लामिछाने

सप्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छन् । सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए । देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख […]

मीन विश्वकर्माको टिप्पणीः रास्वपा सामाजिक सञ्जालमै सीमित छ

काठमाडौँ – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक […]

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो । २० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो । The post रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवि लामिछाने रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएकाे छ । आज साेमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । साेमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक र सचेतककाे भने चयन […] The post रवि लामिछाने रास्वपाको संसदीय दलको नेतामा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, […]