वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

सम्बन्धित सामग्री

नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम गठबन्धन ?

काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै ‘तत्काल वाम एकता सम्भव छैन, अहंकारीले गठबन्धन तोड्न भ्रम […]

मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा संघीय समाजवादी फोरम नेपालले सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन।

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि ‘सकारात्मक’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको...

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन। सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार…

संविधान संशोधनको मुद्दा सुनिश्चित भए समाजवादी फोरम सरकारमा जाने - Naya Patrika

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने...पूरा पढ्नुहोस् »

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै : छलफल सकारात्मक

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ। उक्त

वाम गठबन्धनसँग सहकार्य गर्न मधेस केन्द्रीत दल सकरात्मक, कांग्रेस एक्लिने संकेत

काठमाडौं, माघ ९ – वाम गठबन्धन र मधेश केन्द्रीत दल राष्ट्रियसभाको चुनाव, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक भएका छन् । नेकपा एम...

काँग्रेसको हार र सुधारका आधारहरु

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।