बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ। दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ।...

सम्बन्धित सामग्री

पाँच माटरेवल पुल अन्तिम चरणमा

ढोरपाटन (बागलुङ), १८ फागुन । वर्षौंदेखि निर्माणाधीन रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएका छन् । सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भइरहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा पुगेका हुन् । बागलुङ र म्याग्दी जिल्लाको विभिन्न खोलामा बन्दै गरेका पुल सम्पन्न गर्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । […]

म्याग्दी र बागलुङ जोड्ने झोलुंगे पुल निर्माण

म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका-४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ। लामो पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो […]

झोलुंगे पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। बागलुङ नपा–४ कुडुले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नागरिकको यात्राको समय छोट्टिएको छ। अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्य रूपमा बढेको छ।झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षमै बागलुङ नपा

बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो पुल : एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।  बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोटिएको छ। झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलु‌ंगे पुल थपिएको एक वर्षमै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी

म्याग्दी-बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा

गलेश्वर– म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो । एक घण्टाको बाटो पाँच मिनेटमा […]

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा

म्याग्दी, ३१ असोज । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो । एक घण्टाको बाटो […]

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा का

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङ । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतवार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन् सुमधुर बनाउनुका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम संग्रहालयलगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुंगा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए । पुल निर्माण गर्न बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिनेछ । रासस

बागलुङ र म्याग्दी जोड्न झोलुंगे पुल बनाइँदै

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुलको निर्माण थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनोट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको छ । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महीनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम शुरू हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउन पुल महŒवपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भूपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्काेतर्फको फाउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ ।’ पुल निर्माणका लागि उनले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । रासस

तस्वीर : म्याग्दी र बागलुङ जिल्ला जोड्ने झोलुंगे पुल

म्याग्दीको बेनी नगरपालिका– २ स्थित फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामा निर्माण भएको झोलुंगे पुल । यो पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । रू. एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २६० मिटर र उचाइ ८५ मिटर रहेको छ । तस्वीर : रासस