पाँच माटरेवल पुल अन्तिम चरणमा

ढोरपाटन (बागलुङ), १८ फागुन । वर्षौंदेखि निर्माणाधीन रहेका पाँच मोटरेवल पुल यस वर्ष सम्पन्न हुने भएका छन् । सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भइरहेका पाँच वटा पुलका योजना करिब अन्तिम चरणमा पुगेका हुन् । बागलुङ र म्याग्दी जिल्लाको विभिन्न खोलामा बन्दै गरेका पुल सम्पन्न गर्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । […]