तस्वीर : म्याग्दी र बागलुङ जिल्ला जोड्ने झोलुंगे पुल

म्याग्दीको बेनी नगरपालिका– २ स्थित फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामा निर्माण भएको झोलुंगे पुल । यो पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । रू. एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २६० मिटर र उचाइ ८५ मिटर रहेको छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

म्याग्दी र बागलुङ जोड्ने झोलुंगे पुल निर्माण

म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका-४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ। लामो पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो […]

झोलुंगे पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। बागलुङ नपा–४ कुडुले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नपा–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नागरिकको यात्राको समय छोट्टिएको छ। अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्य रूपमा बढेको छ।झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुंगे पुल थपिएको एक वर्षमै बागलुङ नपा

बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो पुल : एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।  बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोटिएको छ। झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलु‌ंगे पुल थपिएको एक वर्षमै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी

लामो झोलुंगे पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ : दुई वर्ष अघिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून थियो। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे।तर अहिले बजारमा समेत आन्तरिक पर्यटकको भिड हुने गरेको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल निर्माण भएपछि यहाँ आउने पर्यटकको संख्या बढेको छ।पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन्। धौलागिरीका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजा

बागलुङमा बन्दै ५२३ मिटर लामो झोलुंगे पुल

बागलुङ : लामा र अग्ला झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को लामो पुल निर्माण हुने भएको छ। बागलुङ र पर्वत जिल्ला जोड्नेगरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुंगे पुल बन्न लागेको हो। बागलुङ नगरपालिका ४ उपल्लाचौर गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका ८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुंगे पुल निर्माण थालिएको हो। पुल सात करोड लागतमा निर्माण हुने बताइएको छ। दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौसँग हिमशिखर कन्ट्रक्सन निर्माण कम्पनी बीच सम्झौता

बागलुङ र म्याग्दी जोड्न झोलुंगे पुल बनाइँदै

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुलको निर्माण थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनोट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको छ । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महीनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम शुरू हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउन पुल महŒवपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भूपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्काेतर्फको फाउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ ।’ पुल निर्माणका लागि उनले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । रासस

पुलको नाम राख्नेलाई २५ हजार इनाम

बागलुङ– सिंगल स्पान प्रविधिमा संसारकै लामो भनी दाबी गरिएको पुलको नामकरण गर्नेलाई पुरस्कार दिइने भएको छ । बागलुङ र पर्वत जोड्नेगरी कालिगण्डकी नदिमाथि निर्माण गरिएको पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको हो ।बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे कालिगण्डकी नदिमाथि ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको […]

प्रयोगविहीन बन्दै बागलुङका झोलुंगे पुल

बागलुङ : कालीगण्डकी नदीमाथि लामा र अग्ला पुल बन्ने क्रम जारी छ। उत्तरमा बेनी बजार र दक्षिणमा पालुङखोला बीचमा झोलुंगे पुल बन्ने क्रम सुरु भएको विसं १९८० को दशकबाट हो। कालीगण्डकीमाथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवतजावतका लागि बनाइएका साना र छोटापुलहरू प्रयोगविहीन बन्न थालेका छन्। बागलुङ र पर्वत जोड्ने गरी ब...