श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबार स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएशन (GMOA) को आपतकालीन कानून लागू गर्नेबारे बसेको बैठकपश्चात् यो निर्णय घोषणा गरिएको हो।जिएमओएका सचिव डा. सेनाल फर्नान्डोले स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन्। बैठकमा जिएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ।श्रीलंकाका सञ्चारमाध्यमले अहिलेको आर्थिक संकट जारी रह्य