मङ्किपक्सको सङ्क्रमण : विश्व स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ। पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ। सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएका छन्। हालसम्म […]

सम्बन्धित सामग्री

७० बढी देशमा देखियो मंकीपक्स संक्रमण, यो कसरी सर्छ?

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।  सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ।

मंकिपक्स ७५ देशमा फैलियो, विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकिपक्सको संक्रमण तिव्ररुपमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। ७५ मुलुकका १६ हजारभन्दा बढी मानिसमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। सन् १९५८ मा अनुसन्धानका ...

मंकीपक्स ७५ देशमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्स विभिन्न ७५ देशमा फैलिएपछि मंकीपक्स विरूद्ध विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा उच्च तहको चेतावनी जारी गरेको हो । यस भाइरसका विषयमा डब्ल्यूएचओको आपतकालिन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएकाे हाे । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम […]

मंकीपक्स: विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ […]

मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

७५ देशमा फैलियो मंकीपक्स, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले ७५ देशमा भाइरस देखिएको जानकारी दिदै  विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनको आपतकालीन कमिटिले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। महानिर्देशक टेड्रोसका अनुसार हालसम्म भाइरसका १६,००० भन्दा बढी केसहरू देखिएका छन् भने ५ जनाको मृत्यु भएको छ। विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा भनेको सबैभन्दा उच्च तहको अलर्ट हो । अहिले कोरोना र पोलियोलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिएको छ ।महानिर्देशक टेड्रोसले मंकीपक्स फैलने जोखिम युरोपमा उच्च रहेको र अन्य क्षेत्रमा मध्यम रहेको बताएका छन् । उनले यो भाइरस अन्तराष्ट्रिय रुपमा थप फैलने जोखिम रहेको उल्लेख गरेका छन् । विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएसंगै यसको खोपको विकासको कार्य तिब्र रुपमा अगाडी बढ्ने अपेक्षा उनले गरेका छन् । त्यस्तै यसलाई फैलिनबाट रोक्नको लागि पनि आवश्यक कदम चाल्न सकिने उनले बताएका छन् । मंकीपक्स सबैभन्दा पहिले सन् १९५० मा मध्य अफ्रीकामा देखिएको थियो । मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मल पंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ । कसरी जोखिने ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्छ । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए  ।सहप्रवक्ता अधिकारीले भने , ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ । कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने  त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताए । उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताए । उनले मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताए  ।  सहप्रवक्ता अधिकारीले भने , ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरु हुने, विमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरु सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरुलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ । प्रवेश नाकाहरुमा निगरानी गर्ने कुरालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक तयारी गरेका छौँ । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा छौँ । प्राविधिक रुपमा आएका सुझावका आधारमा सरकारले लिने आवश्यक कदम हामी लिँदै जान्छाँै । मंकीपक्स संक्रमण भएर मानिसको मृत्यु हुने अनुपात संक्रमण भएका व्यक्तिमध्ये १० प्रतिशतसम्ममा मृत्युदर हुनसक्छ भन्ने अहिलेसम्मको तथ्यांकहरुले देखाउँछ । केही समयपछि आफैँ हराएर पनि जानसक्छ । कसैलाई ३ देखि ४ हप्तास्म्म पनि लक्षण रहन सक्छ । दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ । अरु व्यक्तिमा सर्ने सभवना पनि यही समयावधि नै हो । मंकीपग्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा पनि आइसकेको छ ।’

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कोभिड-१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुखले ३२ देशमा मंकीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन […]