स्वास्थ्य आपतकाल घोषणाबारे मन्त्रिपरिषद् बैठकमा छलफल

कोभिड–१९ संकटको रोकथामका लागि सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य आपतकाल घोषणा गर्नेबारे छलफल भएको छ । बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई दिएको जानकारी अनुसार कोभिड–१९ स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने विषयमा छलफल भएको छ ।  स्वास्थ्य आपतकालका बेला पूर्ण बन्द वा नियन्त्रित रूपमा सञ्चालन गर्न आदेश दिन सकिने, द्रूत प्रतिकार्य टोली सञ्चालन गर्न सकिने, कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्न सकिने, एकीकृत उपचार प्रणाली व्यवस्था गर्ने, एकद्वार प्रेषण प्रणाली सञ्चालन गर्ने विषयमा समेत छलफल भएक...