दुई सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण हुने

पुल्चोकस्थित दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको समय् फल्चा (पाटी) पुनर्निर्माण हुने भएको छ । जिल्ला अदालत लगनखेलले गत भदौ २ मा दिएको अन्तरकालीन आदेश खारेज गरेसँगै बिहीबार फल्चा शिलान्यास गरिएको हो ।

सम्बन्धित सामग्री

नौ करोड ८३ लाखमा गुम्बा पुनर्निर्माण

भारतीय सरकारको नौ करोड ८३ लाख अनुदान सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटको चार सय वर्ष पूरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा पुनर्निर्माण हुन थालेको छ । लिस्तिकोट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा गाउँ हो ।

दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन

राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ ।

८ सय २० सम्पदाको पुनर्निर्माण सम्पन्न

–२ सय १५ गुुम्बा पुनर्निर्माण हुँदै –आव २०८२÷०८३ सम्ममा सबै सम्पदा पुनर्निर्माण भइसक्ने –सय वर्ष पुराना २६ सहित केही गुम्बाको पुनर्निर्माण शुरू –बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा ढिलाइ काठमाडौं । भूकम्प गएको ८ वर्षपछि देशभरका ८ सय २० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये चालु आर्थिक वर्षमा […]

२ सय वर्ष पुरानो ग्यालरी बैठक पुनर्निर्माण गरिने

राणाकालीन समयमा बनेको झन्डै दुई सय वर्ष पुरानो सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) पुनर्निर्माण गरिने भएको छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले पुनर्निर्माणको जानकारी सहरी विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।

४०० वर्ष पुरानो गुम्बा पुनर्निर्माण सुरु

चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ ।

२ सय वर्ष पुरानो चिहानको जीर्णोद्धार सम्पन्न

काठमाडौं महानगरपालिका १५ वडा लखतिर्थमा अवस्थित २ सय वर्षभन्दा पुरानो दिप (चिहान)को पुनर्निर्माण तथा जीर्णाेद्धार सम्पन्न भएको छ । अशोक विनायक गुथिको पहलमा लखतिर्थ दिप सुधार तथा जीर्णोद्धार समितिबाट उक्त अमूल्य सम्पदा लखतिर्थ दिप (मसान)को पुनर्निर्माण तथा जीर्णोद्धार भएको हो ।मसानको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भएको उपलक्ष्यमा आइतबार एक समारोहको बीच चन्दादाता एवं सहयोग गर्ने […]

ऐतिहासिक बेनीकोत पुनर्निर्माण

म्याग्दी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनर्निर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौं शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो ।       बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम शुरू गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रामकृष्ण बराइलीले चालू आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाखबाट कोतघर पुनर्निर्माण र व्यवस्थापनको काम थालिएको बताए । कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको उनले बताए । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्नेगरी पूर्वाधार बनाइएको छ । रासस

मुद्दा खारेज गरेसँगै २ सय वर्ष पुरानाे समय् फल्चाको पुनर्निर्माण सुरु

काठमाण्डाै - पाटन उच्च अदालतले ललितपुरको पुल्चोकमा रहेको २ सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण सुरु भएको छ। उच्च अदालतले समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा हिजो खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण अघि बिहान ६ बजेदेखि सुरु भएको हो । ऐतिहासिक समय् फल्चा पुनर्निर्माण कार्य रोक्न सब्बु सिंह भण्डारीले दायर गरेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश किरणप्रसाद पोखरेल र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निष्क्रि...

दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

उनले भने, ‘भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरूले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ।’