ऐतिहासिक बेनीकोत पुनर्निर्माण

म्याग्दी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनर्निर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौं शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो ।       बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम शुरू गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रामकृष्ण बराइलीले चालू आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाखबाट कोतघर पुनर्निर्माण र व्यवस्थापनको काम थालिएको बताए । कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको उनले बताए । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्नेगरी पूर्वाधार बनाइएको छ । रासस