२ सय वर्ष पुरानो ग्यालरी बैठक पुनर्निर्माण गरिने

राणाकालीन समयमा बनेको झन्डै दुई सय वर्ष पुरानो सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) पुनर्निर्माण गरिने भएको छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले पुनर्निर्माणको जानकारी सहरी विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।