नौ करोड ८३ लाखमा गुम्बा पुनर्निर्माण

भारतीय सरकारको नौ करोड ८३ लाख अनुदान सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटको चार सय वर्ष पूरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा पुनर्निर्माण हुन थालेको छ । लिस्तिकोट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा गाउँ हो ।

सम्बन्धित सामग्री

१ करोड ३५ लाख लागतमा गुम्बाको पुनर्निर्माण

दोलखा (अस) । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा १ करोड ३५ लाख ९० हजार रुपैयाँको लागतमा लप्चे गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा गुम्बा व्यवस्थापन समितिको लागत सहभागितामा गुम्बा पुनर्निर्माण गरिएको हो । गुम्बा पुनर्निर्माणका लागि प्रधिकरणबाट ९५ लाख ११ हजार उपलब्ध गराइएको र स्थानीय गुम्बा व्यवस्थापन समितिले ४० लाख ७६ हजार रुपैयाँ जुटाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले बताए । निरन्तर कार्यालयको अनुगमन तथा व्यवस्थापन समितिको कुशल काम गराइका कारण नमूना आकर्षक गुम्बा निर्माण भएको प्रमुख पोखरेलको भनाइ छ । गुम्बा निर्माण करीब सम्पन्न भइसकेको र केही सामान्य काम मात्र बाँँकी रहेको पुनर्निर्माण प्राधिकरण दोलखाले बताएको छ । ३०० वर्षभन्दा पुरानो उक्त गुम्बा पुनर्निर्माणका लागि चालू आर्थिक वर्षको मंसिर ३० गते सम्झौता भएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको चनौटे डाँडामा रहेको प्राचीन लप्चे गुम्बा २०७२ सालको भूकम्पले भत्किएको थियो । गुम्बाको पुनर्निर्माणमा स्थानीयले श्रमदान र आर्थिक सहयोग गरेकाले समयमै सम्पन्न भएको लप्चे गुम्बाका प्रमुख गणेशबहादुर लामाले बताए । स्थानीय र प्राधिकरणबाट गुम्बाको पुनर्निर्माण हुनुले बौद्ध दर्शनको पवित्र थलो पुनर्जीवित भएको उनको भनाइ छ । गुम्बाको पुनर्निर्माणबाट यस क्षेत्रको पर्यटनको विकासमा समेत योगदान पुग्ने स्थानीयहरूको विश्वास छ । आगामी दिनमा यो गुम्बालाई बौद्ध दर्शन अध्ययनको थलो बनाउन काम भइरहको बौद्ध दर्शनका अध्येता स्थानीय सोनाम छेम्बुले बताए ।