धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्।‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु’ प्रचण्डले भने।