भोट हाल्न गाउँ पुगे सेलिब्रेटी, भन्छन्, ‘हाम्रो भन्दा राम्रोलाई भोट !’

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न मतदाताहरू मतदान गर्न आफ्नो गाउँ, ठाउँमा धमाधम फर्किरहेका छन् । नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु पनि यतिबेला मतदानकै लागि आ–आफ्नो गाउँ, ठाउँ पुगिरहेका छन् ।वरिष्ठ लोकगायक बमबहादुर कार्की भोट हाल्न काठमाडौंबाट अहिले गुल्मी पुगिसकेका छन् । उनी गायिका पत्नी शिवा आलेसहित केही दिन अगाडि गुल्मी पुगेका हुन् । पहिलो पटक आफ्नो जन्मभूमि मालिका गाउँपालिका–७, गुल्मीबाट मतदान गर्दै गरेका उनी निकै उत्साही छन् । भोट हाम्रा भन्दा पनि राम्रालाई खसाल्ने