पोल्यान्डका प्रशिक्षक चेस्लाभ मिच्निविजले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेमा विश्वकप नै जित्ने विश्वास लिएका छन् । पोल्यान्ड सन् १९८६ यता पहिलो पटक नकआउट चरणमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भए पनि राम्रो गोल भिन्नताका कारण पोल्यान्ड अन्तिम १६ मा पुगेको थियो ।