कालापानीकाे छाङरुमा सशस्त्र प्रहरीकाे बीओपी तैनाथ

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णय अनुसार व्याँस गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरु दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।

सम्बन्धित सामग्री

तिंकरमा सशस्त्र प्रहरी बलले स्थापना गर्‍यो सीमा सुरक्षा पोस्ट

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति १३ भदौमा त्यसतर्फ पठाइएको थियो ।

दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना

२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास […]

सीमामा सशस्त्र प्रहरीको एक्सन : बीओपी बढाउनेदेखि प्रति आतंकवाद इकाइ गठनसम्म

काठमाडौं : ‘जनशक्ति थपिएन भनेर बीओपी नथप्ने अवस्था रहेन। सुविधा नहुँदा पनि टेन्ड टाँगेर भएपनि गर्नुपर्छ।’ सोमवार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दिएको अभिव्यक्ति हो यो। महानिरीक्षक अर्यालको अभिव्यक्तिले सीमा सुरक्षालाई मजुबुद बनाउनुपर्ने आशय नै दिइरहेको थियो। त्यसो त भारतसँगको सीमा विवादको विषय सधैँ पेचिलो बन्दै…

आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

काठमाण्डाै - आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ ...

यी हुन् उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी अधिकारीहरू

सशस्त्र प्रहरी बल स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरूमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारीहरू घोषित भएका छन् ।  उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरू डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहरू शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धरकुमार चौलागाईं छन् ।  बढ्दो कोरोनाका कारण यसपटक केन्द्रमा सशस्त्र प्रहरीको मुख्यालय र काठमाडौं उपत्यकाका इकाइहरूबाट उत्कृष्ट घोषितहरूलाई पुरस्कृत गर्न लागिएको हो ।  अन्य बाहिनी, गण, गुल्म र बीओपी...

पर्साका ६ स्थानमा बीओपी स्थापना

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे । ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई […]

ताप्लेजुङमा बीओपी भवन निर्माण अन्तिम चरणमा

ताप्लेजुङ । ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा बीओपी गत वर्ष स्थापना गरिएको थियो । गत जेठमा ९८ लाखमा सम्झौता गरी सरंचना निर्माण गर्दै आएको निर्माण […]

दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका ७ कञ्जभोज(सुन्दरनगर)मा आज सशस्त्र प्रहरीको २० औं बोर्डर आउट पोष्ट(बीओपी)को उद्घाटन गरिएको छ।दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संयुक्त रूपमा बीओपी उद्घाटन गरेका हुन्‌।बीओपी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुनारले सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबीसै घण्टा तैनाथ रहेर अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए।सीमा क्षेत्रमा हुने अपराधका घटनाहरू सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको उल्लेख

सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतवार सशस्त्र प्रहरी बलअन्तर्गत दुईओटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईओटै नयाँ बीओपीको उद्घाटन संयुक्त रूपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढंगले कार्यक्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बीओपीले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । १ सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बीओपी स्थापना भइसकेको र क्रमिक रूपले बीओपीको संख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस