ओडारमा बस्दै पुग्यौं, ४८ सयमा तिङ्करमा चौकी बनायौं

४८ वर्षअघि हतियारसहित कसरी कालापानी पुग्नुभयो ? तिङ्कर प्रहरी चेक पोस्टबाट छाङरु झरेर हाम्रो नियमित गस्ती हुन्थ्यो । भारतले मिचेको कालापानीमा ४८ वर्ष अघि हतियारसहित जाने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ । कालापानी हेर्ने जिम्मेवारी बोकेर कति वर्ष बस्नुभयो तिङ्करमा ? त्यहाँको वातावरण कस्तो थियो ? आवत जावत गर्न कुन बाटो प्रयोग गर्नुहुन्थ्यो ? तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उत्तर र दक्षिणतिरको नेपाली भूमि मिचेर बनेका चीन र भारतका सुक्षा चौकी हटाएका थिए । तिङ्करमा भएको भारतीय प्रहरी चेक पोष्ट हटाएर त्यहाँ नेपाली सुरक्षा चौकी बनाउने कुरा थियो । त्यहाँ नेपाल प्रहरीको चेक पोष्ट स्थापना गर्न सरकारले त्यो बेला दुई हजार पाँचसय रुपियाँ बजेट दिएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यो बेला मेरो तलब ३०४ रुपियाँ थियो ।