विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो, सञ्चित नाफा ५ अर्ब

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ …

सम्बन्धित सामग्री

गत वर्ष कुमारी बैंकको नाफा २४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. २ अर्ब ५७ करोड नाफा कमाएकोमा गत आवमा घटेर रू. १ अर्ब ९५ करोडमा झरेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा उल्लेख्य बढेसँगै इम्पेयरमेन्ट चार्जमा रू. ५ अर्ब ७३ करोडभन्दा बढी छुट्याउँदा सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।   अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशलमव ११ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ७७ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ७७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ अर्ब २१ करोड रहेकोमा गत आवमा बढेर रू. ११ अर्बभन्दा बढी पुगेको छ । गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेकोमा गत आवमा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. २६ अर्ब २२ करोड छ । कम्पनीले गत आवमा जगेडामा रू. ११ अर्ब ३७ करोड र शेयर प्रिमियममा रू. ८ करोड ८८ ला सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ८४ करोड ८३ लाख ऋणात्मक छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात २२ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ४७ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

भाटभटेनीको ५ वर्षको सञ्चालन नाफा ८४ अर्बभन्दा बढी

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०१७ मा ११ अर्ब ७७ करोड, वित्तीय वर्ष २०१८ मा १५ अर्ब २७ करोड, वित्तीय वर्ष २०१९ मा १७ अर्ब ९९ करोड, वित्तीय वर्ष २०२० मा १९ अर्ब ३६ करोड, वित्तीय वर्ष २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  इक्राले गत मार्चमा सार्वजनिक गरेको रिपोर्ट अनुसार १२ अर्ब ८७ करोड रुपैयाँको कर्जाको लागि रेटिङ गराएको छ । इक्राले ५ अर्ब २५ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल बी र ७ अर्ब ६१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ ।  इक्राका अनुसार मुलुकभर भाटभटेनीको १८ आउटलेटहरू छन् । आगामी दुईदेखि तीन वर्षमा थप आठ ओटा आउटलेट खोल्ने कम्पनीको योजना छ । कम्पनीमा मीनबहादुर गुरुङको ६० प्रतिशत र उनको श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत शेयर स्वामित्व छ।  कुन वर्षमा कति मुनाफा ? वित्तीय वर्ष सञ्चालन नाफा (रु.) २०१७ 11,779 २०१८ 15,278 २०१९ 17,996 २०२० 19,362 २०२१ 19,997 कुल 84,412 स्रोत : इक्रा नेपाल

नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायको नाफा घट्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार निर्जीवन बीमा व्यवसायबाट रू. १७ करोड ८४ लाखभन्दा बढी र जीवन बीमा व्यवसायबाट रू. १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको निर्जीवन बीमा व्यवसायबाट भएको खुद नाफा बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. १६ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । जीवन बीमा व्यवसायबाट भने गत वर्ष रू. ७ करोड ५० लाखभन्दा बढी खुद नाफा भएकोमा यस वर्ष गत वर्षभन्दा कम नाफा भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी निर्जीवन बीमा व्यवसायबाट उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष निर्जीवन बीमा व्यवसायबाट रू. २६ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६९ करोड ८३ लाखभन्दा बढी आम्दानी गरेको हो ।  जीवन बीमा व्यवसायबाट हुने आम्दानी भने यस वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढीले घटेको छ । गत वर्ष जीवन बीमा व्यवसायबाट रू. ११ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३ लाखभन्दा बढी मात्र गरेको छ । दोस्रो त्रैमासससम्म कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ रू. ५ अर्ब ३९ करोडभन्दा बढी र जीवन बीमा व्यवसायतर्फ रू. ६३ करोडभन्दा बढी छ ।  बीमा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ मात्र रू. २ अर्ब ५१ करोडभन्दा बढी कायम छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने यस वर्ष घटेको छ । गत वर्ष रू. २ अर्ब ७१ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६९ करोडभन्दा बढी मात्र कुल बीमा शुल्क आर्जन गरेको हो । दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष रू. ९६ करोडभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ३ करोडभन्दा बढी भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३४ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८÷७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड  रहेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ४ अर्ब ८१ करोडले वृद्धि भई रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर  ४.२९ प्रतिशत, कोषको लागत दर६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले जनाएको छ ।

भाट–भटेनी सुपर मार्केटको सञ्चालन नाफा ६ करोड ३५ लाख बढ्यो

जेठ १, काठमाडौं । भाट–भटेनी सुपर मार्केटले सन् २०२१ मा करीब २० अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२१ १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । गत वर्षको तुलनामा सञ्चालन नाफा ६ करोड ३५ लाख रुपैयाँले वृद्धि भएको हो ।  कम्पनीले सन् २०१७ यता लगातार सञ्चालन नाफा बढाउँदै आएको छ । सन् २०१७ मा ११ अर्ब ७७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले सन् २०१८ मा १५ अर्ब २७ करोड, २०१९ मा १७ अर्ब ९९ करोड र २०२० मा १९ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  पछिल्लो वर्ष २०२१ मा कम्पनीको नाफामा कोरोना महामारीले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । अघिल्ला वर्षहरूमा यो कम्पनीको नफा अर्बभन्दा बढी भएको देखिन्छ । तर, पछिल्लो वर्ष २०२० र २०२१ को बीचमा कम्पनीले नाफाको वृद्धि अर्ब पु¥याउन नसकेको स्पष्ट देखिन्छ ।  भाट–भटेनीले काठमाडौं उपत्यका र बाहिर गरी १९ ओटा आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार काठमाडौंमा टंगाल, महाराजगञ्ज, कोटेश्वर, बौद्ध, अनामनगर, कलंकी र त्रिपुरेश्वर गरी ७ स्थानमा आउटलेट रहेका छन् । त्यसैगरी ललितपुरका पाटनर र सातदोबाटो, भक्तपुरको राधेराधेमा आफ्नो आउटलेट रहेका छन् । त्यस्तै भ्याल्ली बाहिरको जिल्लाहरू चितवन, बुटवल, धरान, विरातनगर, पोखरा, भैरहवा, नेपालगञ्ज र इटहरी गरी कुल १९ स्थानमा आफ्ना आउटलेटबाट विभिन्न किसिममा बस्तु विक्री गर्दै आएको छ ।  यो डिपार्टमेन्ट स्टोरमा ४५ सयभन्दा बढी कर्मचारी रहेका छन् । जसमा ९५ प्रतिशत महिला कर्मचारी रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले सन् २०२२ थप ३ ओटा आउटलेट सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो कम्पनीमा शेयर स्वामित्व मिन बहादुर गुरुङको ६० प्रतिशत र उनकी श्रीमति सावित्री घले गुरुङको ४० प्रतिशत रहेको छ । भाट–भटेनीले १२ अर्ब ८७ करोड रुपैयाँ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ । इक्रा नेपालले भाट–भटेनीलाई ५ अर्ब २५ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि इक्रा एनपी एल डबल बी रेटिङ प्रदान गरेको छ । त्यस्तै ३ अर्ब ४८ करोड अल्पकालीन कर्जाका लागि इक्रा एनपी ए४ रेटिङ प्रदान गरेको छ ।

मस्कले अमेरिकालाई तिर्नु पर्ने कर ११ अर्ब डलर, टेस्लाको शून्य

फागुन १, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अर्बपति व्यापारी एनल मस्कले सन् २०२१ को लागि आफूले अमेरिकालाई करीब ११ अर्ब डलर कर तिर्ने बारम्बार बताएका छन् । हुनत उनले यसो भन्दा धेरै कर तिर्नुपर्यो भनेर गुनासो गरेको पनि हुन सक्छ । यो अमेरिकाको संघीय सरकारलाई कुनै व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै कर हुने दाबी उनले गरेका छन् । मस्कले कीर्तिमानी स्तरमा कर तिर्दा उनको कम्पनी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भने संघीय सरकारलाई एक सेन्ट पनि नतिर्ने देखिएको छ । संघीय सरकारलाई कर बुझाउने योजना टेस्लाको निकट भविष्यमा समेत कुनै योजना नभएको देखिएको छ । कम्पनीले हालै गत वर्ष टेस्लाको लागि अहिलेसम्मकै धेरै मुनाफा मुलक भएको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०२१ मा टेस्लाको खूद मुनाफा ५ अर्ब ५० करोड डलर थियो । समायोजनपछिको आम्दानी ७ अर्ब ६० करोड डलर छ । कम्पनीले हालै अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) मा बुझाएको वार्षिक वित्तीय फाइलिङको फूटनोटमा भने अमेरिकी व्यवसायमा कम्पनीलाई गत वर्ष १३ करोड डलर घाटा भएको बताइएइको छ । कुल विक्रीको ४५ प्रतिशत अमेरिकी बजारमा भएको भएपनि कम्पनीको कर पूर्वको सारा मुनाफा सबै विदेशमा भएको व्यवसायबाट आएको बताइएको छ । विदेशमा टेस्लाको कर ८३ करोड ९० लाख रहेको फूटनोटमा बताइएको छ । राज्यलाई तिुर्न पर्ने कर ९० लाख डलर छ भने संघीय करको आकार शून्य छ। कम्पनीको अमेरिकी व्यवसायले घाटा बेर्होनुमा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबीचको साझा अभ्यासका कारण भएको हुन सक्ने अमेरिकी कर  विज्ञ ट्याक्स एनालिष्टका प्रमुख अर्थशास्त्री मार्टिन सुलिभान बताउँछन् । कर योग्य आम्दानी थोरै देखाउन वा कर नै नतिर्न अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुमा विदेशमा सहायक कम्पनीहरु खोल्ने प्रवृत्ति देखिएको छ । उदाहरणका लागि कम्पनीले कुनै बौद्धिक सम्पत्ति विदेशमा रहेकामध्ये कुनै एउटा सहायक कम्पनीलाई दिन्छन्, अनि अमेरिकी व्यवसायलाई भने सोको प्रयोग बापत शुल्क तिराउँछन् । यस्तै खालका व्यवहारका कारण विदेशका व्यवसाय निकै नाफामा चल्दा पनि अमेरिकी व्यवसाय भने घाटामा चल्ने वा थोरै मात्रै नाफा कमाउने अवस्था सृजना हुन्छ । यस्तो नगर्नु अमेरिकी बहुराष्ट्रिय कम्पनीको हकमा कुरिती हुने सुलिभान बताउँछन् ।  अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुको ६१ प्रतिशत अन्तरराष्ट्रिय मुनाफा टयाक्स हेभेन देशहरु बर्मुडा, क्येमन्स, आयरल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड स्वीटजरल्यान्ड र सिंगापुरमा भएको हालै अमेरिकी  अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । कर प्रणालीमा भएको छिद्रको प्रयोग गरेर वा कर तिर्नबाट टेस्लालगायत ठूला अमेरिकी कम्पनीहरु बच्ने गरेको भन्दै पछिल्लो समय आलोचकहरुले बताइरहेका छन् । यसरी मुनाफा र जागिर विदेशपार लैजाने प्रवृत्तिमा अन्त्य गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म अमेरिकाको संसद यसो गर्न असफल भइरहेको छ । कम्पनीले फाइलिङमा कुन देशमा टेस्लाले नाफा कमाइरहेको छ भनेर पनि भनेको छैन । यसबारे सोधिएको प्रश्नको उत्तर पनि दिएको छैन । कम्पनीले विगतमा भएको घाटा देखाएरै पनि अहिलेको आम्दानीमा तिर्नु पर्ने करबाट पनि बच्ने देखिन्छ । ‘क्यारी फवार्ड’ हुने खूद सञ्चालन घाटा देखाएर पनि कम्पनी कर तिर्नबाट सजिलै बच्न सक्ने विश्लेषकहरुले बताएका छन् । टेस्लाले एक दशकसम्म घाटा मात्रै बेहोरेको थियो सन् २०२० मा पहिलो पटक यसले नाफा कमाएको थियो । मस्कको दूर्लभ कर  हामी सर्वसाधारणहरुले त हरेक वर्ष आफ्नो वर्षभरिको आम्दानीमा कर बुझाउँछौं । विश्वका अति धनाढ्यहरुले त झन् कति धेरै कर तिर्लान् भन्ने प्रश्न तपाईहरुको मनमा पनि बारम्बार आएको हुन सक्छ । तर यिनीहरुले  झन आय कर नै नतिरेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सकछ । जेफ बेजोस, माइक्ल ब्लुम्बर्ग, वारेन बफेट र एलन मस्क लगायत सबैभन्दा धनीहरुले कयौं वर्ष अमेरिकाको संघीय सरकारलाई आय कर नै नतिरेको भन्दै गत वर्ष एउटा समाचार सार्वजनिक भएको थियो । सन् २०१८ मा यिनीहरु मध्ये कसैले पनि अमेरिकाको संघीय सरकारलाई एक सेन्ट पनि आय कर तिरेनन् ।  मस्कको कुरा  गर्नु पर्दा उनले टेस्लाबाट तलब नै लिदैंनन् । तलबको सट्टा उनले कम्पनीको प्रदर्शनका आधारमा बेच्न मिल्ने शेयर पाउँछन् । ती शेयर नचलाउँदा वा नबेच्दा सम्म उनले सरकारलाई कर तिर्नु पर्दैन । सन् २०२२ को अगष्टमा म्याद सकिन लागेका २ करोड २९ लाख कित्ता स्टक अप्शन मस्कले किन्नु पर्नेछ । गत वर्ष अतिरिक्त शेयर किन्न मस्कले ती अप्शनहरु चलाउन शुरु गरे । मस्कले २३ अर्ब ६० करोड डलर बराबरको शेयर किन्न १४ करोड २६ लाख डलर खर्च गरेका छन् । योसँगै सन् २०२१ को लागि उनको कर योग्य आय २३ अर्ब ५० करोड डलरमा पुगेको छ । अमेरिकामा संघीय करको कर ४१ प्रतिशत छ । मस्कले आफूसँग पहिला नै भएको अतिरिक्त शेयरमध्ये केही शेयर पनि बेचेका थिए । यसमा पनि उनले पूँजीगत लाभ कर तिर्नु पर्छ । यी सबैले गर्दा सन् २०२१ मा मस्कले तिर्न पर्ने संघीय आय कर ११ अर्ब डलर पुगेको हो । मस्कले गएको वर्ष थप ८४  लाद कित्ता स्टक अप्शन पाएका छन् । योसँगै उनीसँग कूल ६ करोड ७५ लाख स्टक अप्शन छ । तर यी स्टक अप्सनको म्याद सन् २०२८ मा मात्रै गुज्रिनेछ । यी शेयर चलाउन उनीसँग अझै पाँच वर्षको समय छ । एजेन्सीको सहयोगमा

खराब कर्जा संकलनमा वृद्धि भएसँगै स्वावलम्बन लघुवित्तको नाफा बढ्यो

माघ २४, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १८ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ करोड ५१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ७ करोड ९३ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ८० करोड सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४३ करोड सापटी लिएर, रू. ११ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९०, मूल्य आम्दानी अनुपात ३३ दशमलव ४१ प्रतिशत, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : १४ करोडभन्दा बढी खराब कर्जा उठाएको स्वावलम्बन लघुवित्तको नाफा करीब ७४% ले वृद्धि तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्तको नाफा ५२ % घट्यो