भाटभटेनीको ५ वर्षको सञ्चालन नाफा ८४ अर्बभन्दा बढी

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०१७ मा ११ अर्ब ७७ करोड, वित्तीय वर्ष २०१८ मा १५ अर्ब २७ करोड, वित्तीय वर्ष २०१९ मा १७ अर्ब ९९ करोड, वित्तीय वर्ष २०२० मा १९ अर्ब ३६ करोड, वित्तीय वर्ष २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  इक्राले गत मार्चमा सार्वजनिक गरेको रिपोर्ट अनुसार १२ अर्ब ८७ करोड रुपैयाँको कर्जाको लागि रेटिङ गराएको छ । इक्राले ५ अर्ब २५ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल बी र ७ अर्ब ६१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ ।  इक्राका अनुसार मुलुकभर भाटभटेनीको १८ आउटलेटहरू छन् । आगामी दुईदेखि तीन वर्षमा थप आठ ओटा आउटलेट खोल्ने कम्पनीको योजना छ । कम्पनीमा मीनबहादुर गुरुङको ६० प्रतिशत र उनको श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत शेयर स्वामित्व छ।  कुन वर्षमा कति मुनाफा ? वित्तीय वर्ष सञ्चालन नाफा (रु.) २०१७ 11,779 २०१८ 15,278 २०१९ 17,996 २०२० 19,362 २०२१ 19,997 कुल 84,412 स्रोत : इक्रा नेपाल  

सम्बन्धित सामग्री

फागुनमै अर्बभन्दा बढी नाफा, तर इन्धनको मूल्य घटेन

नेपाल आयल निगमले फागुनमा एक अर्बभन्दा बढी नाफा सुनिश्चित गरेको छ । निगमले १ देखि १६ फागुनसम्मको अवधिमा ७३ करोड नाफा आर्जन गरेको छ । १७ देखि ३० फागुनसम्म थप ४४ करोड...

यी १० देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं, १९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार नाफा रहेका १० देशमा डेनमार्क, अमेरिका,अल्जेरिया, कम्बोडिया, रोमानिया, नर्वे,उरुग्वे, लाट्भीया, न्यु क्यालेडोनिया र क्रोएसिया रहेका छन्। भन्सार विभागका अनुसार डेनमार्कसँग ३४करोड४६लाख, अमेरिकासँग १३करोड६३लाख, अल्जेरियासँग ७करोड३०लाख, कम्बोडियासँग ६करोड६८लाख, रोमानियासँग ५करोड१५लाख, नर्वेसँग ४करोड९४लाख, लाट्भीयासँग १करोड१२लाख, न्यु क्यालेडोनियासँग १करोड८लाख र क्रोएसियासँग ८४लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

यी पाँच देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार नाफा क्रमसः अमेरिका, अल्जेरिया, कम्बोडिया, रोमानिया र उरुग्वेसँग रहेको छ। भन्सार विभागका अनसार अमेरिकासँग ११ करोड ५४ लाख ९ हजार, अल्जेरियासँग ७ करोड ३० लाख ३४ हजार, कम्बोडियासँग ७ करोड ५लाख ८९हजार, रोमानियासँग ६करोड ४४लाख ७८हजार र उरुग्वेसँग ४करोड ११लाख ९६हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।

लोगो चोरेर बढी नाफा कमाउने मसला उद्योगी पक्राउ

पर्सा : अरूले संचालन गरेको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुर गर्ने एक अभियुक्त पर्साबाट पक्राउ परेका छन्। बढी नाफा कमाउन सर्वसाधारण उपभोक्तालाई झुक्याउँदै अरूको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गर्ने अभियुक्तलाई पर्सामा पक्राउ गरिएको हो।पक्राउ परेका अभियुक्त वीरगन्ज महानगरपालिका-८ का रोहित साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अधिक नाफा कमाउने उद्देश्यले वीरगन्ज २८ सवैठवामा रहेको ‘चट्कर बीएमपी स्पाइस’ उद्योगको ट्रेडम

यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग रहेको छ। चालु आर्थिक वर्षको पहिलो दश महिनामा लेबनानसँग नेपालको व्यापार नाफा १८ करोड ८ लाख ८८ हजार रुपैयाँ रहेको छ। नेपालले १४६ देशसँग व्यापार गर्दै आएको छ, जसमध्ये २७ देशसँग मात्र व्यापार नाफा रहेको छ। पछिल्लो १० महिनामा नेपालले लेबनानमा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात गरेको छ।

नेपालको १५६ भन्दा बढी देशसँग व्यापार, २३ देशसँग मात्र व्यापार नाफा

काठमाडौं। भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विश्वका १५६ भन्दा बढी देशसँग व्यापार गरेको छ। व्यापार गरेकामध्ये मात्र २३ वटा देशसँग व्यापार नाफा रहेको छ। बाँकी १३३ भन्दा बढी देशसँग नेपालको व्यापार घाटा रहेको छ। पछिल्लो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्बको आयात र एक खर्ब ८ अर्बको निर्यात गरेको छ।

सहकारी बैंकको नाफा बढ्दै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]