नेशनल  लाईफले ९ महीनामा कमायो २९ करोड ६९ लाख रुपैयाँ नाफा, जीवन बीमा कोषमा ५८ अर्ब

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. २९ करोड ६९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १६ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २२ करोड ७३ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले रू. ४० करोड ६४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४७ करोड ३० लाख पुगेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड रहेको छ । कम्पनीले जगेडा तथा कोषमा रू. ३२ करोड ९१ लाख, जीवन  बीमा कोषमा रू. ५८ अर्ब २६ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. ३७ करोड ९० लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ अर्ब १३ करोडभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनमीले पुनर्बीमाबापत रू. ३ करोड ३३ लाख आम्दनी गरेको हो । कम्पनीले रू. ५ अर्ब ६५ करोड दाबी भुक्तानी गरेको छ भने रू. ७९ करोड  ३० लाख दबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५३, मूल्य आम्दानी अनुपात ६८ दशमलव ४६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव २६ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

२४ प्रतिशत घट्यो जीवन बीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कबापतको रकम गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा […]

कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

नेपालमै पहिलोपटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे 'कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना' सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकमबराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ ।

कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा’ योजना

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको […]

जीवन बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ । कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू […]

कुन जीवन बीमा कम्पनीले कति बढाउनुपर्छ चुक्ता पूँजी ?

१० चैत, काठमाडौं । बीमा समितिले बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिको नयाँ निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम […]

नेपाल लाइफले ल्यायो “नेपाल लाइफ समुन्नत जीवन” बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । साथै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर […]

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...

नेपाल लाइफले ल्यायो समुन्नत जीवन बीमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा य

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु