६ महीनामा नेशनल लाईफ इन्स्योरेन्सको नाफा २५ करोड ५१ लाख भन्दा बढी, रिटेन्ड अर्निङ  ६०.२८ प्रतिशत बढ्यो

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. २५ करोड ५१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १६ दशमलव ९१ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २१ करोड ८२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२ दशलमव २२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू.१० अर्ब ३२ करोड रहेकोमा चालू आवमा बढेर रू. ११ अर्ब ५८ करोड पुगेको हो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८ अर्ब ५६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रू.७ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा  कुल बीमा शुल्क आर्जन ११.४६ प्रतिशतले वृद्धि भएको हो । चुक्ता पूँजी रू. ५ अर्ब १ करोड भन्दा बढी रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा शेयर प्रिमियममा रू. २ करोड ७८ लाख, महाविपत्ती कोषमा रू.४९ करोड ६३ लाख र रिटेन्ड अर्निङमा रू. ६० करोड १८ लाख  सञ्चिती गरेको छ । रिटेन्ड अर्निङ गत आवको तुलनामा चालू आवमा ६० दशमलव २८ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रिटेन्ड अर्निङमा रू. ३७ करोड ५५ लाख थियो ।  दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात ५९ दशमलव २२ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ २१ पैसा रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक सम्मेलन पोखरोमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चार दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ । सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट […]

नेशनल लाईफ इन्स्योरेन्स ३६औं वर्षमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड  ३६औं वर्षमा प्रवेश गरेको छ । ३६औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रम गरेको थियो । कम्पनीले केन्द्रीय कार्यालय काठमाडौंमा  रक्तदान कार्यक्रम, विभिन्न बाल तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम र कर्मचारीबीच खेलकुद कार्यक्रम गरिएको जानकारी दिएको छ । रक्तदान कार्यक्रममा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता थियो भने ३४ ओटा बाल तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम आयोजना गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत भएकोे कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जीवन बीमा कोषमा रू. ५६ अर्ब जम्मा भएको छ भने चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड रहेको छ । कम्पनीले चालू आर्थिक वर्षमा नेपालगञ्ज शाखा कार्यालयका लागि आफ्नै भवन निर्माण शुरू गरिसकेको छ । ११७ शाखा कार्यालय र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

नेशनल लाईफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

काठमाडौं, १० फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको […]

नेशनल लाईफ इन्स्योरेन्सको “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” सम्पन्न

काठमाडौं, २३ भदौ । “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । उक्त सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले […]

नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं, २६ साउन । “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, सम्पन्न गरेको छ । कम्पनीको ४ दिने सम्मेलन लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न भएको हो । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन […]

सिन्धुपाल्चोकमा विद्यालय बनाउन नेशनल लाइफले सहयोग गर्ने

सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन बीच सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका हुन्  संझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० ल

नेशनल लाईफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं, १२ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३४ वर्ष पुरा गरी ३५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ । जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । […]

३५ औं वर्षमा प्रवेश गर्‍यो नेशनल लाईफ इन्स्योरेन्स

यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लगेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५६ लाख ३० हजार दाबी भूक्तानी

काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व. सूकूना गूरुङको मृत्यू दावी भूक्तानी गरेको छ । स्व.सूकूना गूरुङले