प्रधानन्यायाधीश जबराले आज आफ्ना लागि पनि तोके पेशी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवार आफ्ना लागि पनि पेशी तोकेका छन् । शुक्रवार र आइतवार आफ्ना लागि पेशी नतोकेका प्रधानन्यायाधीश जबराले सोमवार एकल इजलास गठन गरेर पेशी तोकेका हुन् । उक्त इजलासमा ५ वटा मुद्दालाई पेशी तोकिएको छ । यसका अलावा अन्य ९ वटा इजलास गठन भएका छन् । प्रधानन्यायाधीश जबरा र मनोज कुमार शर्माका छुट्टाछुट्टै एकल र अन्य ८ संयुक्त इजलास छन् ।  

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराले तोके १२ इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि १२ इजलास तोकेका छन् । ती इजलासमा ४५४ मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्। गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय भएपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किएका छन्।

प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। १२ः५० मा सर्वोच्च प्रवेश गरेका जबराले दुई एकल र आठ संयुक्त गरी १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका हुन्। उनले...

प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतीका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै...

जबराले आज पनि तोके सबैखाले मुद्दाको पेशी, आफ्ना लागि एकल इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीवार पनि सबैखाले मुद्दाहरूको नियमित पेशी तोकेका छन् । सर्वोच्चका १८ न्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा हेर्न अस्वीकार गर्दै आएको अवस्थामा जबराले मंगलवार जस्तै सबैखाले मुद्दाको पेशी तोकेका हुन् । न्यायाधीशहरूले आफूसँग बेञ्च शेयर नगर्ने सन्देश पाएका जबराले आफ्ना लागि एकल इजलास गठन गरेका छन् । न्यायाधीशहरू दीपक कुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, मीरा खड्का र तेज बहादुर केसीको संयुक्त इजलास, हरिकृष्ण कार्की ,आनन्द मोहन भट्टराई र सुष्मलता माथेमाको पूर्ण इज...

प्रधानन्यायाधीश जबराले फेरि आफैंलाई तोके इजलास

२२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि इजलास तोकेका छन् । तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् । जबकि प्रधानन्यायाधीश जबरा इजलासमा बसे अरु न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत हेर्ने छैनन् । […]

प्रधानन्यायाधीश जबराले छ वटा इजलास तोक्नुभयो, आफ्ना लागि कुनै इजलास छैन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज छ वटा इजलास तोक्नुभएको छ । सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोक्नुभएको हो ।

प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमार चुँडालकाे लागि तोके ३० पेशी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास गठन गरेका छन्। उक्त इजलासका लागि ३० वटा पेशी तोकिएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले शुक्रबार आफू र चुँडालको संयुक्त इजलास गठन गरेका हुन्। न्यायाधीशहरुले राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस बीचमा आफ्ना लागि एकल इजलास तोकिरहेका […]

प्रधानन्यायाधीश जबराले ओलीसँग पनि मागेका थिए मन्त्री

१८ असोज, काठमाडौं । मन्त्रालय भागवण्डामा भाग खोजेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ । ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) र हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो […]

मेरो र न्यायालयकै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानन्यायाधीश राणा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकामाथि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । प्रधानन्यायाधीशले नै आफ्ना मान्छे मन्त्री बनाउन भाग खोजेको भन्ने समाचार बाहिरिएपछि प्रधानन्यायाधीश राणाले यस्ताे बताउनुभएकाे हाे ।  आज साेमवार यही विषयमा ध्यानाकर्षण गराउन राणालाई भेट्न पुगेका सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँगको छलफलमा उहाँले सर्वोच्चले संविधानअनुसार निष्पक्ष फैसला गर्दा चौतर्फी आक्रमण भइरहेको र त्यसैको सिलसिलामा मन्त्री नियुक्तिमा आफ्नो नाम जोडिएको बताउनुभएको हो । पछिल्लो समय ...