प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमार चुँडालकाे लागि तोके ३० पेशी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास गठन गरेका छन्। उक्त इजलासका लागि ३० वटा पेशी तोकिएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले शुक्रबार आफू र चुँडालको संयुक्त इजलास गठन गरेका हुन्। न्यायाधीशहरुले राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस बीचमा आफ्ना लागि एकल इजलास तोकिरहेका […]

सम्बन्धित सामग्री

सर्वोच्चका सबै न्यायाधीश इजलास फर्किए

काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश नियमित इजलासमा फर्किएका छन्। बिहीबार बसेको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि तोकेका प्राय: सबै इजलासमा मुद्दाको सुनुवाइ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले आज आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए।न्यायाधीश नहकुल सुवेदीको एकल इजलास भने बस्न नसकेको अदालतले जनाएको छ। न

प्रधानन्यायाधीश जबराले ताेके पेशी, राखे आफ्नै दुईवटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् ।  उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् । त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् । एउटा महान्यायाधिवक्ताक...

न्यायालयको रमितामा राजनीतिक दल रमाउने कि निकास दिन अग्रसर हुने ?

अपारदर्शी साठगाँठ र सरकारमा भागबण्डा खोजेका कारण संकटमा परेको न्यायिक नेतृत्वको निकासका लागि केही दिन यता सर्वोच्च अदालतको बेन्च र बार खाली छन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेशी त तोकेका छन् तर न्यायाधीशहरू बेन्चमा छैनन् । वकिलहरू बहस गर्न तयार छैनन् । न्यायाधीश र वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश भने निकास दिन तयार छैनन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक रुपमा भेटेर जबरालाई राजीनामा दिएर निकास दिन भनेका थिए । न्यायाधीशहरूको सुझावलाई उनले ठाडै अस्वीकार गरिदिए ...

सर्वोच्चमा ताेकियो ८ इजलास, प्रधानन्यायाधीश र कुमार चुडालको संयुक्त

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रवारका लागि ८ वटा इजलास तोकेका छन् ।  गत बुधवार र बिहीवार प्रधानन्यायाधीश जबराले एकल इजलास तोकेर पेशी राखेको भए पनि शुक्रवार उनले आफ्नो एकल इजलास राखेका छैनन् । न्यायाधीश डा। कुमार चुडालसहितको संयुक्त इजलास उनले आजका लागि तोकेका छन् ।  त्यसै गरी आनन्दमोहन भट्टराईको एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराले गत पाँच दिनदेखि इजलास तोक्दै आए पनि सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् ।  जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् ।  वरिष्ठतम् न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा गणेश हमालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध दायर गरेको रिटको निर्णय सुनाउने (निसु) छ । जबराको एकल इजलासमा केही बन्दी प्रत्यक्षीकरणका मुद्दा छन् ।  ...

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

संवैधानिक इजलासमा किन टुट्यो न्यायाधीशहरुको बरिष्ठताक्रम ?

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ । वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् । प्रतिनिधिसभाको दोस्रो विघटनको समयमा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा जबराले अब संवैधानिक इजलास […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिट प्रधानन्यायाधीशको बेञ्चमा

प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् । विघटन बिरुद्ध परेका  १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट  कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । प्रधान न्यायाधीशको एकल इजलासले निवेदकहरूक

संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल

काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाई हुँदैछ । पुस २२ गतेपछि आज सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । २२ गते न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि एकसाताका लागि पेशी सारिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपना प्रधान मल्ललाई इजलासमा राखेका... The post संवैधानिक इजलासमा न्यायाधीश कार्कीको स्थानमा सपना प्रधान मल्ल appeared first on Purbeli News.