प्रधानन्यायाधीश जबराले तोके १२ इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि १२ इजलास तोकेका छन् । ती इजलासमा ४५४ मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्। गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय भएपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किएका छन्।

सम्बन्धित सामग्री

सर्वोच्चमा हिजोआज के गर्दैछन् प्रधानन्यायाधीश जबरा ?

कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको प्रक्रियाबाट अलग छन् । एक साताको अवधिमा फाट्टफट्ट प्रसंग निस्किएको बेलामा बाहेक न्यायाधीशहरुले उनको बारेमा लामो कुराकानी र छलफल गरेका छैनन् ।

प्रधानन्यायाधीश जबरा आज यसरी छिरेका थिए सर्वोच्च (तस्विरमा हेर्नुहोस्)

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बारको विरोधको बाबजुद पनि मंगलबार सर्वोच्च अदालत प्रवेश गरेका छन् । जबराले आफ्नो लागि बाहेक आज २ एकल र ८ संयक्त गरी १० इजलास तोेकेका हुन् । उनले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् ।

प्रधानन्यायाधीश जबरा कठोर निर्णय लिने तयारीमा

काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतको काम सुचारु गर्न कडा रुपमा प्रस्तुत भएका छन् । उनले तिहारलगत्तै अदालत खुलेपछि इजलास तोकेर अदालतको काम कारबाहीलाई सुचारु गर्न थालेका हुन् । यसअघि विद्रोहमा उत्रिएका न्यायाधीशहरु ब्याक हुन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाका लागि दबाब सृजना गर्न इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुमध्ये […]

प्रधानन्यायाधीश जबराले फेरि आफैंलाई तोके इजलास

२२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि इजलास तोकेका छन् । तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् । जबकि प्रधानन्यायाधीश जबरा इजलासमा बसे अरु न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत हेर्ने छैनन् । […]

अदालतभित्रको गत्यावरोध हटाउन प्रधानन्यायाधीश जबरा सक्रिय, सबै पक्षसँग छलफल

काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् । तिहारको विदा हुनुभन्दा अघि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्नको लागि मात्रै इजलास राखेका थिए । न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबराको मार्गप्रशस्तको कुरा […]

प्रधानन्यायाधीश जबराले ताेके पेशी, राखे आफ्नै दुईवटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् ।  उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् । त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् । एउटा महान्यायाधिवक्ताक...

प्रधानन्यायाधीश जबरा यसकारण ढुक्क

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोकेर फैसला समेत गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गरेपनि जबराले एकल इजलास तोकेर फैसलाहरु सुनाएका छन् । नेपाल बार एशोशिएसन, पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीशहरुले राजीनामा माग्दा पनि जबरा कत्तिपनि डगमग भएका छैनन् । उनी ढुक्क साथ काममा सक्रिय छन् । वास्तवमा जबरा किन […]

संवैधानिक इजलास सम्बन्धी आदेशलाई अर्को आदेशबाट सच्याउन प्रधानन्यायाधीश जबरा सहमत

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठनका विषयमा देखिएको विवादलाई न्यायिक प्रक्रियाबाट नै टुंगो लगाउने बताएका छन् । संवैधानिक इजलास गठनको विषयमा न्यायाधीश हरिप्रसाद फूँयालको इजलासबाट गरिएको आदेशका सन्दर्भमा सोमवार बसेको बार बेन्च समन्वय समितिको बैठकमा बारका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ताहरूले चासो राखेपछि प्रधानन्यायाधीश जबराले सच्याउने बताएका छन् । बैठकमा उपस्थित सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यका अनुसार आदेशका विषयमा देखिएको विवादलाई छिटोभन्दा छिटो टुंग्याउन प्रधानन्यायाधीश ...

प्रधानन्यायाधीश जबरा अस्वस्थ, सुनुवाइ स्थगित

विराटनगर, जेठ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो । इजलासमा न्यायाधीशका प्रतिनिधित्वलाई लिएर इजलाससमेत विवादित बनिरहेको अवस्थामा सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइ बुधबारका लागि तोकिएको छ । “प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ठीक नभएकाले […]