१७ ओटा विकास बैंकले प्रकाशित गरे चौथो त्रैमासिक वित्तीय विवरण, कुन कम्पनीले कति कमाए नाफा ?

भदौ २, काठमाडौं । १७ ओटा विकास बैंकले अघिल्लो आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार १७ ओटा बैंकले कुल रू. ३ अर्ब ९२ करोड ९३ लाख खुद नाफा कमाएका छन् । अघिल्लो आवमा १७ ओटा बैंकले रू. ३ अर्ब ७९ करोड ८९ लाख नाफा कमाएका थिए ।  गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमध्ये नारायणी डेभलपमेण्ट बैंक नोक्सानीमा रहेको छ भने बाँकी सबै कम्पनी नाफामा रहेका छन् । नारायणी डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासमा रू. १ करोड ८ लाख नोक्सानी व्यहोरेको हो ।  अघिल्लो आवमा कम्पनी रू. ११ लाख ३७ हजार नोक्सानीमा थियो । सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले सबैभन्दा बढी रू. १ अर्ब १५ करोड ९ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा खुद नाफा गत आवको सोही अवधिमा ६२ प्रतिशतले वृद्धि भएको हो ।   कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ७० करोड ७४ लाख नाफा कमाएको थियो । त्यस्तै प्रतिशतको आधारमा सबैभन्दा बढी अघिल्लो आवको तुलनामा गत आवमा कर्णाली डेभलपमेण्ट बैंकको खुद नाफा ५५ दशमलव ९ गुणाले वृद्धि भएको छ ।  बैंकले अघिल्लो आवमा रू. ९ लाख  ९ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ५ करोड ८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा वृद्धि भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा तीन ओटा कम्पनीको नाफा घटेको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको सबैभन्दा बढी ९५ प्रतिशत, मितेरी डेभलपमेण्ट बैंकको १३ दशमलव १५प्रतिशत र ग्रीन डेभलपमेण्ट बैंकको खुद नाफा ८ दशमलव ८८ प्रतिशतका दरले घटेको हो ।  त्यसैगरी, लाभांश क्षमता पनि सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको १७ दशमलव ८८ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत आवमा ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यस्तै, सबैभन्दा कम सिन्धु विकास बैंकको लाभांश क्षमता ३ दशमलव ७४ प्रतिशत रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही वितरणयोग्य नाफा/चुक्तापूँजी×१०० गरेर लाभांश क्षमता निकालिन्छ । कर्पोरेट डेभलपमेण्ट बैंक, कर्णाली डेभलपमेण्ट, सहारा विकास बैंक, नारायणी विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकले वितरणयोग्य नाफा उल्लेख नगरेकाले लाभांश क्षमता निकालिएको छैन ।  १७ अ‍ेटा विकास बैंकमध्ये नेपाल स्टक एक्सेचञ्जमा १६ ओटा कम्पनीको शेयर कारोबार हुँदै आएको छ । एक सहारा विकास बैंकको शेयर कारोबार रोक्का रहेको छ । यस बैंकलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने भएकोेले शेयर कारोबार रोक्का रहेको हो ।                                                                        स्रोत : चौथो त्रैमासिक वित्तीय विवरण   

सम्बन्धित सामग्री

घोराही सिमेन्टसले बल्ल सार्वजनिक गर्‍यो गत आवको चौथो त्रैमासिक वित्तीय विवरण

काठमाडौं । घोराही सिमेन्टस इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विक्री आम्दानी र खुद नाफा दुवै घटेको छ । गत असार मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव ३३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विक्री आम्दानी घटेको र खर्च बढेकाले खुद नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विक्री आम्दानी ३ दशमलव ६७ प्रतिशत घटेको छ । अघिल्लो आवमा  ४ अर्ब ८० करोड रुपैयाँ विक्री आम्दानी गरेको कम्पनीले गत आवमा ४ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ ।  नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा  कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ९७ करोड छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बोटलर्स नेपालका दुवै कम्पनीले सार्वजनिक गरे गत आवको चौथो त्रैमासिक वित्तीय विवरण

काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा घटेको छ भने बोटलर्स नेपाल बालाजुको नाफा सामान्य बढेको छ ।   बोटलर्स नेपाल तराईको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ प्रतिशत घटेको हो । कम्पनीले अघिल्लो आवमा रू. ६८ करोड ३१ लाख नाफा कमाएकोमा गत आवमा रू. ५७ करोड ३७ लाखमा झरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. १ अर्ब १७ करोड रहेकोमा गत आवमा घटेर रू. ९७ करोड ४७ लाखमा झरेको छ ।  त्यस्तै बोटलर्स नेपाल बालाजुको नाफा अघिल्लो आवको तुलनामा गत आवमा सामान्य अर्थात् १ दशमलव २३ प्रतिशत बढेको हो । यस कम्पनीले अघिल्लो आवमा रू. ८७ करोड ६० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ८८ करोड ६८ लाख पुगेको छ । कम्पनीको सञ्चालन नाफा अघिल्लो आवमा रू. १ अर्ब ५० करोड रहेकोमा गत आवमा घटेर रू. १ अर्ब ३२ करोडमा सीमित भएको छ । चुक्ता पूँजी रू. १९ करोड ४८ लाख रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ५ अर्ब ७६ करोडभन्दा बढी सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२८ (वार्षिक), मूल्य आम्दानी अनुपात ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ३ हजार १८२ छ ।  बोटलर्स नेपाल तराईको चुक्ता पूँजी रू. १२ करोड १० लाख छ । कम्पनीले जगेडामा रू. ३ अर्ब ७९ करोडभन्दा बढी सञ्चिति गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४७४ (वार्षिक), मूल्य आम्दानी अनुपात २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. ३ हजार २३५ छ । बोटलर्स नेपाल तराईको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् बोटलर्स नेपाल बालाजुको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

लिवर्टी ईनर्जी कम्पनी ३ करोड ८५ लाख नोक्सानीमा

भदौ १९, काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ५ करोड ८ लाख ९८ हजार नोक्सानी ब्यहोरेकोमा गत आवमा घटेर रू. ३ करोड ८५ लाख ७४ हजारमा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै जगेडा कोष पनि रू. १५ करोड ९ लाख १४ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ९४ रहेको छ ।                                                                   स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

टेलिकमको नाफा १५ अर्ब ६६ करोड

नेपाल टेलिकमले गत आर्थिक वर्ष १५ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। कम्पनीको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद आम्दानी अघिल्लो वर्षको तुलनामा १.९६ प्रतिशतले बढेको हो।