नेपाल रिपब्लिक मिडियाले सार्वजनिक ग र्‍यो चौथो त्रैमासिक वित्तीय विवरण, वित्तीय अवस्था कस्तो ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू.१३ लाख २४ हजार नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ४ करोड ४२ लाख नोक्सानीमा थियो ।  गत आवमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा सुधारिएको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन आम्दानी रू. २ करोड ५८ लाख रहेकोमा गत आवमा बढेर रू. ७ करोड १५ लाख पुगेको छ ।  गत आर्थिक वर्ष पछि कम्पनीको विक्रीमा क्रमिक रुपमा सुधार देखिएको वित्तीय विवरण मार्फत जानकारी दिएको छ । अघिल्लो आवमा कम्पनीले रू.२० करोड २६ लाख बराबरको कारोबार  गरेकोमा गत आवमा बढेर रू. २६ करोड १ लाख पुगेको छ । साथै कम्पनीले आफ्ना ब्यापार डिजिटल मिडियामा पनि रहेकोमा चालू आवमा यसमा नयाँ प्रविधि तथा विज्ञ जनशक्ती थप थरी विक्री प्रर्बद्धन गर्ने लक्ष्य लिएको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।  आईपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू.९६ करोड ७५ लाख पुगेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रू. ५० करोड ९५ लाख ऋणात्मक रहेको छ ।  अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४७ पैसा ऋणात्मक रहेकोमा गत आवमा १४ पैसा धनात्मक भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा रहेको छ । सो अवधिमा कम्पनीको अल्पकालिन ऋण रू. २५ करोड ९३ लाख रहेको छ ।