घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो

काठमाडौं । ठूला पूर्वाधारमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ७२ दशमलव ७२ प्रतिशतले बढेको छ । बैंकले चालू आर्थिक वर्षको ६ महिनामा आफ्नो नाफा ७२ दशमलव ७२ प्रतिशतले बढाएर ७६ करोड पु¥याएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा बैंकको नाफा जम्मा ४४ करोड रुपैयाँ मात्रै […] The post निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं, पुस ४ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। बैंकले यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने जनाएपनि अव पुस १४ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको छ । बैंकले मङ्सिर २९ गतेदेखि उर्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता […]

निफ्राको नाफा १७.८६ प्रतिशतले बढ्यो

काठमाडौं, १० वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १७.८६ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको […]

शेयर बजार साढे १५ अङ्कले बढ्यो, निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाण्डाै – हिजो आइतवार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ । आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै&n...

नेप्सेमा निफ्राको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्य समायोजन भएको छ। बैंकले आज मङ्सिर ९ गते बुक क्लोज गरेकोले आज नै मूल्य समायोजन भएको हो । निफ्राको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३१.४८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५८ थियो । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ८ गतेसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । निफ्राले मङ्सिर २९ गते अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । यस्ता छन् बैंकले सधारणसभामा छलफल तथा निर्णयका लागि निर्धारित गरेको विषयहरु :(क) सामान्य प्रस्तावआर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने। कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७०/७१ को लागि वाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२०,००,00,00,000/- (रु. बीस अर्ब मात्र) को ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) कर प्रयोजननार्थ नगद लाभांस वितरण गर्न स्वीकृति प्रदान गर्ने ।विशेष प्रस्तावसंचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/७५ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर प्रदान गर्न स्वीकृति प्रदान गर्ने। बैंकको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सो हदसम्म यस बैंकको जारी तथा चुक्ता पूँजी कायम हुने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने । प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल/थपघट/संशोधन/परिमार्ज गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने।सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरि २ जना संचालकको निर्वाचन गर्ने ।

३४.३६ प्रतिशतले बढ्यो निफ्राको नाफा

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ३४.३६ प्रतिशतले बढेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २४ करोड २० लाख रुपैयाँ नाफा गरेको हो। २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढाएर ४१ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ।  निफ्राको कुल निक्षेप १९.२५ प्रतिशतले बढेर २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। ऋण लगानी भने ५३२१ प्रतिशतले बढेको छ। बैंकले ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ।

निफ्राको संचालक समितिमा फेरबदल

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संचालक समितिमा फेरबदल भएको छ । बैंकको संचालक समितिमा प्रतिधित्व गर्न नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयले नयाँ प्रतिनिधि पठाएको हो। मन्त्रालयले असोज १९ गते केदारनाथ शर्मालाई प्रतिनिधिको रुपमा पठाएको हो।  शर्माले बैंकको असोज २४ गते बसेको संचालक समितिमा पदबहाली गरेका छन् ।  यस अघि मन्त्रालयको तर्फबाट धनीराम शर्मा बैंकमा संचालक रहेकोमा उनको पदावधि सकिएकोले शर्मालाई मन्त्रालयले मनोनित गरि पठाएको बैंकले जनाएको छ ।  शर्मा मन्त्रालयका सहसचिव हुन् । उनी अर्थ मन्त्रालयको प्रशासन प्रमुखको रुपमा कार्यरत छन् । यस संगै बैंकको संचालक समिति निम्न अनुसार भएको छ । अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रप लिमिटेड)-अध्यक्ष केदारनाथ शर्मा (प्रतिनिधि, नेपाल सरकार)-सदस्यचन्द्र प्रसाद ढकाल (प्रतिनिधि, आइ.एम.ई. लिमिटेड)-सदस्यलालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड)-सदस्यशंकर प्रसाद अधिकारी (स्वतन्त्र संचालक)-सदस्ययसै बीच बैंकले यस अघि प्रस्ताव गरिएको लाभांश गरेको छ छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको बैंकले जनाएको छ । बैंकले यस अघि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।तर अब भने बैंकले बोनस शेयर पनि प्रस्ताव गरेको छ । बैंकले ८ प्रतिशतले हुन आउने १ अर्ब ८० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ असी २७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले भनेको छ 'बैंकको मिति २०७८/०६/२४ गते बेलुका ५ बजे बसेको बैंक संचालक समितिको ९९औं बैठकले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००।- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/(रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर र उक्त शेयरमा लाग्ने कर वापत रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) नगद लाभांस गरी कुल रु. १,६८,४२,१०,५२७/- (रु. एक अर्ब अट्सट्ठी करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) लाभांस घोषणा एवं वितरण प्रस्ताव गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात स्वीकृत लाभांसको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा १८२२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पछि मात्र हुने निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं।'

निफ्राको सेयर कारोबारमा आज भएको के हो?

१ सय प्रतिशतले घटेको देखिए पनि मूल्य भने हिजोकै ५९४ रुपैयाँ देखियो। निफ्राको सेयरमा मात्रै होइन, समग्र परिसूचक नै त्रुटिपूर्ण देखियो।

नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा

नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सर्किट लागेको छ ।  सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।  नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।  सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेड...