केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।