लिवर्टी ईनर्जी कम्पनी ३ करोड ८५ लाख नोक्सानीमा

भदौ १९, काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ५ करोड ८ लाख ९८ हजार नोक्सानी ब्यहोरेकोमा गत आवमा घटेर रू. ३ करोड ८५ लाख ७४ हजारमा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । कम्पनी नोक्सानीमा भएसँगै जगेडा कोष पनि रू. १५ करोड ९ लाख १४ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ९४ रहेको छ ।                                                                   स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

सम्बन्धित सामग्री

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले डोमिनियनलाई ७८ करोड ७५ लाख डलर तिर्ने !

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले भोटिङ मेशिन कम्पनी डोमिनियनलाई ७८ करोड ७५ लाख अमेरिकी डलर तिर्ने भएको छ ।सन् २०२० मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावको समयमा डोमिनियनको भोटिङ मेशिनले गलत सूचना प्रवाह गरेको भन्दै समाचार प्रकाशन गरेको विषयमा फक्स न्युजले क्षतिपूर्ति तिर्ने भएको बीबीसीले जनाएको छ । फक्स न्युजले प्रत्यक्ष प्रसारणको क्रममा राष्ट्रपतीय चुनावमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध डोमिनियनको भोटिङ मेशिन प्रयोग गरिएको आरोप लगाएको थियो ।  फक्स न्युजले चुनावको समयमा प्रकाशन गरेको गलत समाचार...

आइपीओ जारी गर्दै सुपर हेवा पावर कम्पनी

काठमाडौँ – सुपर हेवा पावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेकाे हाे। कम्पनीले आइपीओ जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको […]

हिमालयन होटलको नाममा कम्पनी खडा गरेर ४ करोड ५० लाख ठगी

हिमालयन होटलको नाममा कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्जका नौसद अन्सारी रहेका छन् । उनले सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको पाइएको छ । त्यसपछि हिमालयन होटल नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भनि ४ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनी दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालयमा हालसम्म झन्डै तीन लाख कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६ सय ८० रुपैयाँ ७७ पैसा बराबर रहेको छ ।कार्यालयका अनुसार कुल कम्पनीमध्ये प्राइभेट कम्पनी […]

अरुण काबेलीले १९ करोड ५१ लाख लाभांश दिने

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र थप कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । कुल लाभांश मध्ये कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बोनस सेय

सात करोड १९ लाख कित्ता प्राथमिक सेयर निष्कासनको पर्खाइमा

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि आवेदन दिएका कम्पनीको सात करोड १९ लाख २८ हजार सात सय पाँच कित्ता सेयर पाइपलाइनमा रहेका छन् । १६ जलविद्युत् कम्पनी, दुई इन्स्योरेन्स...

४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले ४४ करोड ३८ लाख रुपैयाँ जरिबाना माग गरेर २७ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ । विभिन्न १३ वटा कम्पनी तथा फर्मका २७ जनाले राजश्व छली गरेर नेपाल सरकारलाई नोक्सानी पुर्‍याएको भन्दै विभागले २२ करोड १९ लाख रुपैयाँ बिगोको दोब्बरले हुन आउने ४४ करोड ३८ लाख ९३ हजार रुपैयाँ रकम जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  पशुपति रोड क्यारियर नेपाल, सुद्रानिया इम्पेक्स, आर एण्ड आर इन्टरनेश्नल, अरुण क्लोथ सप, एनए इम्पेक्स, एआर साडी कलेक्सन, एजिलिटी ...

फेरि बजारमा ११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै

धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ । यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख

जग्गा बेचेर उपदान दिएको जडीबुटी कम्पनी नाफातिर

सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाफामा गएको छ । कुनै समय कर्मचारीलाई उपदान दिनसमेत जग्गा बेच्न बाध्य भएको कम्पनी तीन वर्षयतादेखि नाफामा गएको हो ।कम्पनीले आर्थिक वर्ष २०७५-०७६ देखि नाफा कमाएको हो । सो आवमा कम्पनीले एक करोड ९२ लाख नाफा गरेको थियो । आव २०७६-०७७ मा कम्पनीले एक करोड २२ […]

तिर्नुपर्ने ४० करोड ८४ लाख, तर एक लाखमै उन्मुक्ति !

कुनै एउटा कम्पनी, जसले नेपाल सरकारलाई बुझाउनुपर्ने कर, करमा लागिएको जरिवाना र ग्राहकबाट लिइसकेको भ्याटसमेत गरी कुल ४० करोड ८४ लाख ६० हजार ९०७ रुपैयाँ तिर्नुपर्ने थियो । तर उक्त संस्थाले लामो समयदेखि कर तिरिरहेको थिएन । केही मुद्दा अदालत गएको छ भने केही मुद्दा चुपचाप बसिरहेको छ । झण्डै ४१ करोड कर तिर्नुपर्ने त्यही संस्थालाई तत्कालीन कर फर्छ्यौट आयोगले भने जम्मा एक लाख रुपैयाँ लिएर बाँकी रकम मिनाहा गरिदिएको खुलासा भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते विशेष अदालतमा दायर गरेको पूरक