धरानमा खानेपानीको अभाव कायमै, दमकलबाट पानी वितरण गर्दै बोर्ड

चैत १७, धरान । सुक्खा मौसमसँगै धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान खानेपानी बोर्डले दमकलबाट पानी वितरण गर्न थालेको छ । पानीको अभाव बढ्दै गएपछि स्थानीय बोर्ड घेराउ गर्दै आन्दोलनमा उत्रिएपछि दमकलबाट पानी वितरण गर्न थालिएको हो । वडा कार्यालयहरु आफैले पानी खरीद गरेर वितरण गर्न थालेपछि धरान उपमहानगर पानी वितरण गर्न बाध्य बनेको थियो ।  खानेपानी बोर्डसँग आफ्नो ट्याङ्कर नभएपछि दमकललाई पानी वितरण गर्न प्रयोग गर्न थालेको हो । दमकललाई रङरोगन गरी ट्यांकरमा परिणत गरेर खानेपानी वितरण गर्न थालेको हो ।  धरान खानेपानी संस्थानलाई बोर्डमा गाभेपनि संस्थानमा रहेको ट्यांकर नछोडेका कारण पानी वितरण गर्न नसकेको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने, ‘बोर्डले चाडै नै ट्यांकर खरीद गर्ने भएको छ ।’ ३ हजार ५०० लिटर पानी अट्ने दमकलबाट पानी वितरण गर्न थालेपछि स्थानीयले राहत महसुस गरेका छन् । तर पर्याप्त पानी नभएको उनीहरुको गुनासो छ । धरान १५ की माया राईले उपमहानगरपालिकाले दमकललाई ट्यांकर बनाएर पानी वितरण गरेपनि पर्याप्त नभएको बताइन् । उनले भनिन्, ‘एउटा ट्यांकरले धरानभरि कति पुर्‍यायोस् त्यसको आश पनि छैन हामीलाई ।’ खानेपानी बोर्डका इन्जिनियर राजु पोख्रेलले धरानमा खानेपानीको अभाव बढ्दै गएपछि समाधानका लागि दमकललाई ट्यांकरको रुपमा प्रयोग गरीएको बताए । उनले भने, ‘हामीले ट्यांकरको रुपमा प्रयोग गरेको वारुणयन्त्र १ नं. वारुणयन्त्र हो, आगलानीका घट्ना हुँदा पुग्नुपर्ने ठाउँमा नपुगेर बिग्रिएर थन्किने गर्थ्यो, यसलाई ट्यांकरको रुपमा प्रयोग गरेर सर्वसाधारणलाई केही राहत दिने प्रयास गरेका हौ ।’

सम्बन्धित सामग्री

पानी छैन डडेलधुरा सदरमुकाममा

गर्मी बढ्दै छ, डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या पनि बढ्दै गएको छ । विगत तीन महिना खानेपानीको चरम अभाव हुन थालेको छ । अमरगढी नगरपालिका–५, खलङ्गा, बागबजार, तुफानडाँडा, कीर्र्तिपुर क्षेत्रमा दैनिक जसो खानेपानीको अभाव चुलिन थालेको छ । यी क्षेत्रमा खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले हाल तीन दिनमा एक पटक मात्र पानी वितरण गर्ने गरेको छ । सो समिति नयाँ पानीको मूल थप्न जुटेको छ तर देखिने गरी काम हुन सकेको छैन ।

वीरेन्द्रनगरमा खानेपानीको अभाव

वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी सङ्कट चुलिएको हो ।

दैनिक १२ करोड लिटर पानी वितरण, तर उपभोक्ता पानी माग्दै सडकमा

उपत्यकामा पछिल्ला केही दिनयता खानेपानीको अभाव भएको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले

काकाकुल कलंकी

काठमाडौंको कलंकी क्षेत्र वर्षौंदेखि नै खानेपानीको अभाव भएको ठाउँ हो । यहाँका बासिन्दाले वर्षौंदेखि दुःख पाइरहेका छन् । वर्षौंदेखि हप्तामा एक दिन मात्र पानी वितरण हुँदै आएको छ । एक दिन ५०–५५ मिनेट दिएको करिब एक हजार लिटर पानीले हप्ताभरको न्यूनतम आवश्यकता कसरी पूरा गर्न सक्छ ? बहुप्रतीक्षित मेलम्चीको पानी आउला भन्ने आशामा यहाँका बासिन्दा दुःखै गरेर बसे । काठमाडौंको पूर्व र उत्तर क्षेत्रमा कतै सधैं, कतै दिनैपिच्छे दिनैभरि, कतै दिन बिराएर र कतै सातामा दुई पटक पानी वितरण गर्ने काठमाडौं खानेपानी लिमिटेडलाई गुनासो गर्न पनि गएनौं ।

चन्द्रौटामा खानेपानीको अभाव

चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा खानेपानीको अभाव भएको छ। शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विगत केही दिनयता धारामा पानी नपठाउँदा उपभोक्ता मारमा परेका छन्।लामो समयदेखि खडेरीका कारण जमिनमुनि पानीको सतह घटेपछि पानी वितरण गर्न नसक्दा पानीको चरम अभाव भएको छ।बोरिङले पानी ट्याङ्कीमा पानी थोरै पठाउँदा ट्याङ्की भरिन लामो समय लाग्ने र नियमित विद्युत् आपूर्ति नहुँदा समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षे

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरी, २८ जेठ । अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो । धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ […]

धरानमा खानेपानीको चरम अभाव, वडाले किनेर पानी वितरण गर्दै

चैत ७, धरान । सुक्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले पानी खुवाउन नसक्दा धरानका जनता काकाकुल हुने अवस्थामा पुगेका छन् । नेपाल खानेपानी संस्थानलाई हटाएर धरान खानेपानी बोर्ड गठन गरेर पानी वितरणको जिम्मा दिइएको थियो । विगतमा खानेपानी संस्थान रहदा भन्दा भयावह अवस्था हुनु विडम्बना भएको जनप्रतिनिधिहरु बताउँछन् । धरान उपमहानगरपालिका ९ नं का वडाध्यक्ष रत्न कटुवालले बोर्डले खानेपानी खुवाउन नसकेपछि वडाबाटै खानेपानीका लागि टेन्डर आह्वान गरेको बताए ।  उनले भने, ‘पटक पटक खानेपानी खुवाउनका लागि बोर्डमा डेलिकेशन ग¥यौ, तर उसले खानेपानी खुवाउन सकेन, हामीले ०७९ सम्मका लागि ९ हजार लिटर पानीका लागि टेन्डर आह्वान गरेका छौं, बोर्डले खुवाउन नसकेका कारण वडाबाटै हामीले पानी खुवाउन लागेका हौ ।’ जनप्रतिनिधीहरुले नै खानेपानी संस्थनालाई बोर्डमा ल्याउन माग गरेका थिए । उनले भने, ‘खानेपानी संस्थानलाई बोर्डमा समाहित नगर्दा कार्यपालिकाको बैठक, नगरसभा बहिष्कार गर्‍यौ, बोर्डमा आइसकेपछि धरानमा खानेपानीको अभाव हुँदैन भन्ने हामीलाई लागेको थियो, तर अहिले आएर त्यसको ठीक उल्टो भयो ।’ वडामा पानीको चरम अभाव भएपछि बोर्डलाई नै भनेर केही समय अगाडि पानी खुवाउदा सर्वसाधारणले तछाडमछाड गरेर पानी थापेको वडाध्यक्ष कटुवाल बताउँछन् । उनले छिट्टै खानेपानी अभाव भएको गौतमपथ, पूर्णपथ, आचार्यलाइन, विनायकपथमा पानी वितरण गरेर वितरण गर्न लागिएको कटुवाल बताउँछन् । उनी भन्छन्, ‘सोमवार यी स्थानमा ५ ओटा ट्यांकरबाट २५ हजार लिटर पानी वितरण गर्दैछौं ।’ उनले सम्झौता अनुसार पानी नआएकोले आयोजना फेल भएको बताए । उनले भने, ‘बोर्डका व्यवस्थापक राजु पोख्रेलले कुम्भीआलमा सात सेकेन्डमा २०० लिटर पानी आएको देखाए, अहिले दुई घण्टामा पनि त्यति पानी आउदैन ।’ उनले बोर्डले पनि खानेपानीकै संरचनालाई सुधार्न नसक्दा सुक्खा मौसममा विगतको भन्दा भयावह अवस्था बताए । उनले भने, ‘खानेपानीको ४० वर्षदेखि गाडिएको पम्प खिया लागेको, मर्मत नभएकोले खानीपानी पर्याप्त आउन नसकेको हो । उनले भने, ‘सम्झौता अनुरुप एक दिनमा १ करोड ५२ लाख पानी आउने, १६ घण्टा सर्वसाधारणको धारामा पानी आउने भनिएको थियो, हामीलाई १६ घण्टा चाहिएन २ घण्टा मजाले पानी आए पुग्छ ।’ बोर्डले पानी वितरण प्रक्रिया व्यवस्थीत गर्न नसक्दा खानेपानीको अभाव बढ्दै गएको कर्मचारीहरु बताउँछन् । परियोजनाको सम्झौता अनुरुप नै पानी उत्पादन भए पनि वितरण प्रणाली वैज्ञानिक नभएको बोर्डका प्राविधिक चुडामणि गुरागाईको भनाइ छ ।  उनले भने, ‘दुई ओटा पम्प अझै सञ्चालनमा आएको छैन, त्यसबाहेक पनि सम्झौता अनुरुप पानी आएको छ, वितरण प्रणालीमा के छ त्यो मलाई थाहा छैन, उत्पादन भएपनि वितरण प्रणालीमा समस्या हुनसक्छ ।’

धरानमा खानेपानीको समस्या बढ्दै, स्थानीयद्वारा व्यवस्थापन बोर्डमै विरोध प्रदर्शन

फागुन २३, धरान । सुक्खायाम शुरु नभई धरानमा खानेपानीको अभावको समस्याले वर्षेनी उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता रहेको छ ।  धरानको खानेपानी अभाव पूर्ती गर्न एशियाली विकास बैंकको ऋण तथा अनुदानमा परियोजना सञ्चालन गरेपनि खानेपानीको अभावविरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको हो । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।  खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान–९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।  लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका धरान–९ का बासिन्दाले आइतवार धरान–१३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अघिल्लो वर्ष पनि करीब १५ दिनसम्म दिनहुँ तत्कालिन धरान खानेपानी संस्थानको गेट अगाडी धर्ना नै दिएका थिए । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुन थालेको हो । खानेपानीको अभाव हुन थालेपछि बोर्डले दिन बिराएर पानी वितरण गर्न थालेको थियो । दिन बिराएर पानी वितरण गर्ने भनेपनि बोर्डले भने वितरण गर्न सकेको छैन ।  तत्कालिन संस्थानलाई केही महीना अघि पूर्ण रुपमा बोर्डमा गाभिएको थियो । त्यसपछि धरानमा खानेपानी वितरण गर्ने जिम्मा बोर्डमा आएको हो । संस्थानलाई बोर्डमा गाभेपनि धरानमा पानी वितरणमा आएको समस्या समाधान हुन भने सकेको छैन ।  वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरानमा पानीको अभाव हुन थालेको स्थानीय बताउँछन् । १० दिनदेखि धारामा पानी नआउँदा खानेपानी किनेर भएपनि खाइरहेका छौं तर ट्वाइलेट जान समेत पानी नहुँदा झन् आपत परेको स्थानीयको भनाइ छ ।  धरानले आज मात्रै हैन धेरै वर्षदेखि खानेपानीको समस्या भोग्दै आइरहेको छ । लामो समयदेखि समस्या आएपनि बोर्डले समाधानका उपाय खोजि गर्न नसकेको स्थानीय बताउँछन् ।  केहि दिनअघि धरान बोर्डका अध्यक्ष तथा धरान उप–महानगरपालिकाका मेयर तिलक राईले पत्रकार सम्मेलन गर्दै धरानमा भएको खानेपानीको समस्या चाडै समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । धरानको उप निर्वाचनमा उनको घोषणा पत्र मै पहिलो एजेण्डा बनेको थियो । तर उनको प्रतिवद्धता भाषणमै मात्रै रहँदा समस्याको समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।  धरान वडा नम्बर–९ का वडाध्यक्ष कटुवाल भन्छन्, ‘हामिले पटक पटक खानेपानीको समस्याको विषय लिएर खानेपानी व्यवस्थापन बोर्ड धाउने गरेका छौ, अब आउँछ भनेर आशा देखाएको धेरै भयो अब पनि केहि गर्न सकेन भने हामी फेरि आन्दोलन गर्न बाध्य भएका छौं ।’  यता बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बिजुलीको समस्या हुँदा पानी वितरण गर्न समस्या रहेको बताउँछन् । उनले भने, बिजुली हुँदा हामीले पानी वितरण गरिरहेको छौं र कुनै कुनै ठाउँमा पानीको पाइप ब्लक हुने गर्छ, त्यो ब्लक हुने समस्या पनि हामी चाँडै व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’

मण्डनदेउपुर खानेपानी आयोजनाको त्रिपक्षीय सम्झौता सम्पन्न

साउन ८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई  खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ ।  नगरपालिका, भक्तपुर जिल्लास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाबीच उक्त आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी बिहीवार सम्झौता भएको हो । नेपाल सरकारको आर्थिक सहयोगमा सो आयोजनाबाट नगरपालिकाको १२ ओटा वडामध्ये वडा नं १, २ र ३ बाहेक वडा नं ४, ५ र ६ का तल्लो भेग तथा अन्य वडाका सबै बासिन्दालाई पुग्ने गरी ९ ओटा वडाका कुल पाँच हजार ५०५ घरका ३० हजार २० जनालाई पानी पुग्ने अनुमान गरिएको छ ।  सो आयोजनाका लागि रू. ८४ करोड ४० लाख ४९ हजारको लागत अनुमान गरिएकामा शर्मा लामा र रमण जेभीले रू. ५३ करोड ५१ लाख ६६ हजार ७२४ को लागतमा निर्माण गर्ने गरी ठेक्का हात पारेको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले खानेपानीको समस्या बेहोर्दै आएका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउने योजनाका साथ आयोजना शुरु गरिएको बताए । ‘पहिलादेखि उपभोग गर्दै आएको पानीको मुहान २०७२ सालमा आएको भूकम्पले सुकाएपछि समस्यामा रहेका नगरवासीलाई खानेपानी उपलब्ध गराउन नगरपालिकाको तर्फबाट पलह गरेका छौँ ।’ उनले  भने, ‘अब आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दालाई  खानेपानीको अभाव हुनेछैन ।’ सो आयोजना नगरपालिकाभित्रको सबैभन्दा ठूलो आयोजना भएको र बागमती प्रदेशसभा सदस्य वसुन्धरा हमागाईंको नेतृत्वमा अर्को करिब रु नौ करोडको लागतमा वडा नं १, २ र ३ का बासिन्दाका लागि ‘नालदुम नगरकोट खानेपानी बहुवर्षीय आयोजना’ समेत शुरु भइसकेको जानकारी दिँदैं उनले निर्वाचनको बेलामा गरिएका वाचा पूरा गर्ने क्रममा यस्ता आयोजना शुरु गरिएको बताए ।  नगर उपप्रमुख निर्मला शाहीले नगरपालिकाको तर्फबाट नागरिकलाई थप सहजताका लागि उपभोक्ताले ब्यहोर्नुपर्ने आधा रकम नगरपालिकाले ब्यहोरेकाले अब त्यसलाई पूर्णता दिन एक घर बराबर रू. एक हजार जम्मा गर्नुपर्ने र सो रकम समयमै उपलब्ध गराएर  आयोजनालाई बेलैमा सम्पन्न गर्न सबैसंग सक्रिय सहभागिताको अपेक्षा गरे ।  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले तोकिएको तीन वर्षभित्रमा आयोजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति र उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । संघीय सरकार वा निर्माण कम्पनी मात्रले आयोजना सम्पन्न गर्न नसक्ने भएकाले सरोकारवाला सबैको उत्तिकै साथ र सहयोगको खाँचो रहेको उनले उल्लेख गरे । सम्झौताअनुसार आयोजनाको कुल लागतको १० प्रतिशत उपभोक्ताले बेहोनु पर्नेमा आधा रकम नगरपालिकाले बेहोर्ने र बाँकी रकम उपभोक्ताले बेहोर्ने गरी रकम उठाउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादर तामाङले बताए । यही साउनमा आयोजना स्वीकृत भएर २०८१ साल साउनमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ ।  नगरपालिकको वडा नं १० स्थित इन्द्रावती नदीको नारीखर्कबाट पानी लिफ्टिङ गरी थामडाँडा र वडा नं ६ र ७ को सिमानामा पर्ने इन्द्रावती नदीको सोतेबाट जितौरी पोखरीमा मुख्य ट्यांकी बनाएर पानी वितरण गर्ने योजना रहेको छ । रासस

खानेपानीको हाहाकार भएपछि दमकलवाट घरघरमा पानी वितरण

फिदिम । खानेपानीको हाहाकार भएपछि फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ ।    फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको ...