दैनिक १२ करोड लिटर पानी वितरण, तर उपभोक्ता पानी माग्दै सडकमा

उपत्यकामा पछिल्ला केही दिनयता खानेपानीको अभाव भएको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले

सम्बन्धित सामग्री

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो ।जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता

पिखुवा खोला लिफ्टिङ आयोजनाको पानी वितरण हुँदै

भोजपुर । भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् ।      आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षण समेत शुरू भएको छ । पिखुवा खोलाबाट पम्पिङ गर्ने, ट्यांकी निर्माण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब १२ करोड ४० लाख लगानीमा निर्माण शुरू गरिएको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले जानकारी दिए । लिफ्टिङको सफल परीक्षण पश्चात् लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताए । लामो समयदेखि खानेपानीको संकट बेहोर्न बाध्य स्थानीयवासी लिफ्ट प्रविधिबाट तानेको पानी आउने भएपछि उत्साहित छन् । खानेपानीको अभावका कारण बसाइसराइ हुँदा सो भेगका बस्ती रित्तिँदै गएका थिए । अब भने पानी अभावकै कारण बस्ती छाड्नुपर्ने अवस्था अन्त्य हुने स्थानीय राम तामाङले बताए । रासस

पिखुवा खोला लिफ्टिङ आयोजनाको पानी वितरण हुँदै

भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विगत लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणसमेत शुरु भएको छ । पिखुवा खोलाबाट पम्पिङ, ट्याङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब रु. १२ करोड ४० लाखमा आयोजना निर्माण शुरु गरिएको हो ।