धरानमा खानेपानीको चरम अभाव, वडाले किनेर पानी वितरण गर्दै

चैत ७, धरान । सुक्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले पानी खुवाउन नसक्दा धरानका जनता काकाकुल हुने अवस्थामा पुगेका छन् । नेपाल खानेपानी संस्थानलाई हटाएर धरान खानेपानी बोर्ड गठन गरेर पानी वितरणको जिम्मा दिइएको थियो । विगतमा खानेपानी संस्थान रहदा भन्दा भयावह अवस्था हुनु विडम्बना भएको जनप्रतिनिधिहरु बताउँछन् । धरान उपमहानगरपालिका ९ नं का वडाध्यक्ष रत्न कटुवालले बोर्डले खानेपानी खुवाउन नसकेपछि वडाबाटै खानेपानीका लागि टेन्डर आह्वान गरेको बताए ।  उनले भने, ‘पटक पटक खानेपानी खुवाउनका लागि बोर्डमा डेलिकेशन ग¥यौ, तर उसले खानेपानी खुवाउन सकेन, हामीले ०७९ सम्मका लागि ९ हजार लिटर पानीका लागि टेन्डर आह्वान गरेका छौं, बोर्डले खुवाउन नसकेका कारण वडाबाटै हामीले पानी खुवाउन लागेका हौ ।’ जनप्रतिनिधीहरुले नै खानेपानी संस्थनालाई बोर्डमा ल्याउन माग गरेका थिए । उनले भने, ‘खानेपानी संस्थानलाई बोर्डमा समाहित नगर्दा कार्यपालिकाको बैठक, नगरसभा बहिष्कार गर्‍यौ, बोर्डमा आइसकेपछि धरानमा खानेपानीको अभाव हुँदैन भन्ने हामीलाई लागेको थियो, तर अहिले आएर त्यसको ठीक उल्टो भयो ।’ वडामा पानीको चरम अभाव भएपछि बोर्डलाई नै भनेर केही समय अगाडि पानी खुवाउदा सर्वसाधारणले तछाडमछाड गरेर पानी थापेको वडाध्यक्ष कटुवाल बताउँछन् । उनले छिट्टै खानेपानी अभाव भएको गौतमपथ, पूर्णपथ, आचार्यलाइन, विनायकपथमा पानी वितरण गरेर वितरण गर्न लागिएको कटुवाल बताउँछन् । उनी भन्छन्, ‘सोमवार यी स्थानमा ५ ओटा ट्यांकरबाट २५ हजार लिटर पानी वितरण गर्दैछौं ।’ उनले सम्झौता अनुसार पानी नआएकोले आयोजना फेल भएको बताए । उनले भने, ‘बोर्डका व्यवस्थापक राजु पोख्रेलले कुम्भीआलमा सात सेकेन्डमा २०० लिटर पानी आएको देखाए, अहिले दुई घण्टामा पनि त्यति पानी आउदैन ।’ उनले बोर्डले पनि खानेपानीकै संरचनालाई सुधार्न नसक्दा सुक्खा मौसममा विगतको भन्दा भयावह अवस्था बताए । उनले भने, ‘खानेपानीको ४० वर्षदेखि गाडिएको पम्प खिया लागेको, मर्मत नभएकोले खानीपानी पर्याप्त आउन नसकेको हो । उनले भने, ‘सम्झौता अनुरुप एक दिनमा १ करोड ५२ लाख पानी आउने, १६ घण्टा सर्वसाधारणको धारामा पानी आउने भनिएको थियो, हामीलाई १६ घण्टा चाहिएन २ घण्टा मजाले पानी आए पुग्छ ।’ बोर्डले पानी वितरण प्रक्रिया व्यवस्थीत गर्न नसक्दा खानेपानीको अभाव बढ्दै गएको कर्मचारीहरु बताउँछन् । परियोजनाको सम्झौता अनुरुप नै पानी उत्पादन भए पनि वितरण प्रणाली वैज्ञानिक नभएको बोर्डका प्राविधिक चुडामणि गुरागाईको भनाइ छ ।  उनले भने, ‘दुई ओटा पम्प अझै सञ्चालनमा आएको छैन, त्यसबाहेक पनि सम्झौता अनुरुप पानी आएको छ, वितरण प्रणालीमा के छ त्यो मलाई थाहा छैन, उत्पादन भएपनि वितरण प्रणालीमा समस्या हुनसक्छ ।’

सम्बन्धित सामग्री

पानी छैन डडेलधुरा सदरमुकाममा

गर्मी बढ्दै छ, डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या पनि बढ्दै गएको छ । विगत तीन महिना खानेपानीको चरम अभाव हुन थालेको छ । अमरगढी नगरपालिका–५, खलङ्गा, बागबजार, तुफानडाँडा, कीर्र्तिपुर क्षेत्रमा दैनिक जसो खानेपानीको अभाव चुलिन थालेको छ । यी क्षेत्रमा खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले हाल तीन दिनमा एक पटक मात्र पानी वितरण गर्ने गरेको छ । सो समिति नयाँ पानीको मूल थप्न जुटेको छ तर देखिने गरी काम हुन सकेको छैन ।

वर्षायाममै  खानेपानीको चरम अभाव

भादगाउँ - काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै सातामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आ…

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं (अस) । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी आएको जानकारी दिएको हो । चैत १५ गते साढे ४ करोड पानी वितरण शुरू गरिएको भए पनि विस्तारै प्रणालीमा राख्दै आएको समितिले सोमवारदेखि पूर्ण क्षमतामै पानी वितरण प्रणालीमा प्रवाह गरेको हो । यससँगै काठमाडौं उपत्यकामा दैनिक २५ करोड लिटर पानी वितरण हुनेछ । मेलम्चीको १७ करोड लिटरबाहेक आन्तरिक स्रोत तथा डीप ट्युबेलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुँदै आएको थियो । परीक्षणको क्रममा शुरूका दिनमा दैनिक साढे ८ करोड लिटर पानी वितरण प्रणालीमा उपलब्ध गराइएकोमा त्यसमा क्रमिक रूपमा वृद्धि गर्दै सुन्दरीजलमा निर्मित दुवै प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न शुरू गरिएको छ । सोमवारदेखि उपत्यकावासीका लागि वितरण प्रणालीमा दैनिक १७ करोड लिटर पानी उपलब्ध हुने समितिले उल्लेख गरेको छ । पानी पथान्तरणका लागि महŒवपूर्ण पूर्वाधारको निर्माण सम्पन्न भएसँगै १० फागुन २०७७ बाट सुरुङ परीक्षण कार्य आरम्भ गरिएको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रशोधन गरी आंशिक रूपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो । उपत्यकामा विद्यमान खानेपानीको चरम अभाव अन्त गर्न सहयोग मिल्ने विश्वास समितिको छ । दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १०० लिटर (प्रतिदिन करीब ९ करोड लिटर)भन्दा बढी पानी उपलब्ध छ, जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महŒवपूर्ण रहेको पनि समितिले उल्लेख गरेको छ ।

सिन्धुपाल्चोकवासीलाई लिफ्टबाट पानी वितरण गरिने

खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।          कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो । वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनुभयो ।          उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् । विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो ।

पानी बाँड्दै गाउँपालिका

चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।”

विवादले धरानमा खानेपानी ट्यांकी निर्माण अलपत्र - Naya Patrika

काकाकुल बन्दै धरान – धरानका वडा नं. ७, ८, ९, १०, ११, १२, १५ मा खानेपानीको चरम अभाव छ । खानेपानी संस्थानले पालो गरेर ती वडामा गाडीबाट पानी वितरण गरिरहेको...पूरा पढ्नुहोस् »