कांग्रेस पाल्पाको जिल्ला सभापतिमा श्रेष्ठ विजयी

न्युज अफ नेपाल, पाल्पा । नेपाली कांग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनु भएको छ । शुक्रवार   भएको निर्वाचनको परिणाम शनिवार घोषणा भएको हो । जसमा युवा नेता  श्रेष्ठ प्रतिष्पर्धी कृष्णप्रसाद बस्यालभन्दा  दोब्बर बढी मत सहित विजयी  हुनुभएको हो  । विजयी भएका जिल्ला सभापति श्रेष्ठले ८९० मत प्राप्त गर्नु भयो भने […]

सम्बन्धित सामग्री

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

२४ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् । यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचित यादव संस्थापन पक्षका हुन् भने चौधरी […]

कांग्रेस सिन्धुली सभापतिमा पोखरेल

सिन्धुली : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनमा सभापतिमा उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्। मंगलवार भएको दोस्रो चरणमा निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा पोखरेल ८८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। पोखरेलले सभापतिका प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भए। बरालले ४७७ मत प्राप्त गरेका छन्। पहिलो चरणमा कुनैपनि उमेदवारले ५१ प्रतिशत मत प्रा

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत […]

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

काठमाडौं: नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। सभापतिका अर्का आकांक्षी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी धादिङ जिल्ला सभापति बनेका हुन्। अधिकारीले १०८६ मत प्राप्त गर्दा ढुंगानाले १०४६ मत प्राप्त गरे। त्यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र…

रोल्पा कांग्रेस सभापतिमा आचार्य

रुकुम (पूर्व) : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो। सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्म

डडेल्धुरा: कांग्रेस जिल्ला सभापतिमा साउद विजयी, मल्लपक्षको अनशन जारी

काठमाडौं, मंसिर ७ ।  डडेल्धुरा कांग्रेस जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन्। यता सात दिनदेखि जिल्ला सभापति कर्ण मल्लसहितका कार्यकर्ता नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेकै अवस्थामा उता सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद सभापतिमा विजयी भएका हुन्। साउदले सात सय ३४ मत पाएका छन भने उनका प्रतिद्वन्द्वि […]

कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित

सिमकोट– नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत मुगुमा सम्पन्न जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मतले हराउँदै जिल्ला सभापति निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित शाहीले ४०६ मत प्राप्त गरे। कांग्रेस संस्थापन पक्षका निर्वाचित शाहीको टिमले स्पष्ट बहुमत हासिल गरेको छ। मुगुमा सभापतिसहित जिल्ला कार्य समिति र महाधिवेशन […]

रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित

नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । रोका यसअघि पनि जिल्ला सभापति थिए । सहमतिअनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ । रोका पूर्व सहायक मन्त्री भइसकेका छन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् भने खाममगर निवर्तमान उपसभापति हुन् । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको ...

कांग्रेस मुस्ताङको जिल्ला सभापति बने रोमी गौचन

पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए । सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् । ...

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, ४ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्। पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन […]