रोल्पा कांग्रेस सभापतिमा आचार्य

रुकुम (पूर्व) : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्। आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए।मंगलबार रातिदेखि थालिएको मत गणना र बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो। सभापतिमा निर्वाचित आचार्य पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्म

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : रोल्पाको सभापतिमा आचार्य, डोटीमा सिंह

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत जारी जिल्ला अधिवेशनबाट रोल्पा र डोटीका जिल्ला सभापति चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार रोल्पामा किसोर कुमार आचार्य र डोटीमा नरेन्द्र...

राेल्पा कांग्रेस सभापतिमा पौडेल समूहका आचार्य निर्वाचित

रोल्पा – नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित हुनुभएको छ । देउवा समूहका उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित हुनुभएको हो । पदाधिकारीहरूको मात्र सम्पन्न भएको मत परिणामअनुसार आचार्यले पाँच सय दुई मत पाउँदा खत्रीले चार सय ४० मत प्राप्त गर्नुभयाे ।   यस्तै उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर क्षत्री र सुनीलकुमार वली विजयी हुनुभएको छ ।  कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनि...

रोल्पा कांग्रेस सभापतिमा आचार्य विजयी, देउवा समूहको प्यानलै पराजित

रुपन्देही । नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका किशोरकुमार आचार्य विजयी भएका छन् । संस्थापन समूहका मानबहादुर खत्रीले ४ सय ४० मत ल्याउँदा आचार्य ५ सय २ मत ल्याएर विजयी बने । त्यसैगरी उपसभापतिमा कविता उपाध्याय विजयी भएकी छन् । उनले ४७५ मत ल्याएकी थिइन् भने उपसभापतिमै ५०४ मत ल्याएर हरिबहादुर […]

रोल्पा कांग्रेस सभापतिमा आचार्य निर्वाचित

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

रोल्पामा कांग्रेस अधिवेशन : ६६ वडामा सर्वसम्मत

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।“अधिवेशन हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनि