कांग्रेस मुस्ताङको जिल्ला सभापति बने रोमी गौचन

पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए । सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् । ...

सम्बन्धित सामग्री

रोमी गौचनले छोरालाई सुम्पिए सांसदको टिकट

२४ असोज, पोखरा । मुस्ताङमा नेपाली कांग्रेसभित्र ४ दशकदेखि एकछत्र राज गर्दै आइरहेका नेता हुन्, रोमी गौचन थकाली । २०५६ र २०७० सालमा चुनाव जितेका र मन्त्रीसमेत भएका रोमीले २०६४ र २०७४ मा चुनाव हारे । यसपटक पनि मुस्ताङमा उम्मेदवार छनोट गर्दा कांग्रेसको प्राथमिकता उनी नै थिए । कांग्रेस नेतृत्वले कांग्रेस जिल्ला सभापति रोमीलाई नै […]

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उमेदवार दुई मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङमा विजयी हासिल गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस उमेदवार विजयी भएका हुन् । कांग्रेस मुस्ताङ जिल्ला सभापति रोमी गौचन थकालीले बाह्रखरीलाई दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनले नेकपा (एमाले)का उमेदवार सञ्जयकुमार थकालीलाई दुई मतान्तरले पराजित गरेका...

१२ हिमाली जिल्लामा कांग्रेसको नेतृत्व चयन : पौडेल अघिअघि, देउवा पछिपछि

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १२ हिमाली जिल्लाको अधिवेशनबाट जिल्ला सभापति चयन भएका छन्। जसमध्ये ७ जिल्लाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जित हासिल गरेको छ। संखुवासभाका कांग्रेस सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। यसैगरी मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा र…

कांग्रेस अधिवशनमा ४ हिमाली जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं, असाज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ । २१ हिमाली जिल्लामध्ये मुस्ताङ, मनाङ, रुकुम र हुम्लाको जिल्ला अधिवेशनको नतिजा सार्वजनिक भइसकेको छ । मुस्ताङको जिल्ला सभापति रोमी गौचन थकाली, रुकुम पूर्वको जिल्ला सभापति केशरमान रोका, मनाङको जिल्ला सभापति शंकर गुरुङ र हुम्लाको जिल्ला सभापतिमा मोहनबिक्रम सिंह […]

कांग्रेस जिल्ला सभापतिमा परिणाम आउने क्रम सुरु: पौडेल पक्ष २, देउवा पक्ष 0

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन् । कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन् । गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन् । देउवा […]