काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ। सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो।दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो।व्यापार कोभिड लगायतका विषयबारे दुई देशबीचको तनाव बढ्दो छ। शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्पर्धा छ। प्रतिर्स्पर्धालाई द्वन्द्वमा रुपा