काठमाण्डाै – काठमाण्डौ र ललितपुर महानगरपालिकाका मुख्य सडकपेटीमा ढकमक्क फूलेका फूलका गमला र हरिया बिरुवा सजिन थालेका छन् । थरीथरीका फूल र विरुवाले सडकपपेटी सजिन थालेपछि मुख्य सडक र शहरको रुप नै फेरिएको छ ।
काठमाण्डौ महानगरपालिकाले असार १६ गते देखि मुख्य ठाउँका व्यस्त सडपेटीमा फूलका गमला राखेर सजाउन थालेको हो । सेता, निला, पहेँला, राता थरीथरीका फूल र हरिया बिरुवाले अहिले काठमाण्डौका सडकपेटी बगैँचा जस्तै सुन्दर देखिएका छन् ।
सबैभन्दा सुन्दर त बबरमहल र नयाँ बानेश्वरको जोड्ने बिजुलीबजारको प...