गाउँको मुहार फेर्दै बेलडाँडीका पौरखी महिला

महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन् । सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन् । सहकारीमा गाउँका ८३ महिला आवद्ध …