प्रधानमन्त्रीले चैत ७ गतेसम्म विश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुन्छः कांग्रेस प्रवक्ता महत

काठमाडौं, १ चैत। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ७ गतेसम्म विश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुने बताएका छन्। उनले बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा सरकारमा जाने कुरामा छलफल नभएको बताए। बैठकले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालको शुभकामना समेत दिएको उनले जनाए।

सम्बन्धित सामग्री

वाग्मतीमा केले रोक्यो मन्त्रिपरिषद् विस्तार?

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको आज एक हप्ता पुरा भइसक्यो। चैत १० मा दोस्रो पटक विश्वासको मत लिएका जम्कट्टेलले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि सरकार विस्तार भने गर्न सकेका छैनन्। सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका…

अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्छ : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा गएको बताएका छन् । अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने अवस्था बन्ने उनले सुनाए । उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार एमालेले आफ्ना सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ओलीले चुनावी परिणामसँगै आफूहरुले देश अस्थिरतामा गएको निष्कर्ष निकालेको बताए । अहिले प्रधानमन्त्रीमा सरकार विस्तार गर्दाको असन्तुष्टिले […]

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार : उपसभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको चरण प्रारम्भ हुने बताएका छन् । गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ […]

गण्डकीका मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रवार विश्वासको मत लिनु हुने भएकाे छ ।  आज मङ्गलवार सत्ता गठबन्धनसँग छलफल गरेपछि मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराउनुभएकाे छ । पुस २९ गते दिउँसाे १ बजेका लागि प्रदेश सभाकाे बैठक डाकिएको छ । सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद् सचिवालयमा पुगिसकेको छ । अधिकारीले विश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रिहरूको कार्यविभाजन तोक्ने त...

प्रदेश १ : कात्तिक ३० मा विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी

विराटनगर : प्रदेश १  सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्।  ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्

प्रदेश १ सरकारले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलबीच सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।