माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउँदै

काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले […]

माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्युरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्युरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनका अनुसार […]

पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी केन्द्र

काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालका अनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सोही सम्मेलनलाई ध्यानमा राख्दै आवस्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई अन्तिम रुप दिन लागिएको नेताहरुले बताएका

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ

माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन

नयाँ सरकार गठन प्रक्रियाबारे अन्योलमा माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । आकस्मिक रुपमा बसेको सो पार्टीको स्थायी समिति बैठककै बीचमा निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताएका हुन् । ‘नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर र बसेका छौ । उहाँहरुले के निर्णय दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नज

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने

पार्टीप्रति आकर्षण नदेखिएपछि नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको र अधिकांश नेताहरु सकारात्मक देखिएको एक नेताले बताए । स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको उनले बताए । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको माओवादी स्रोत बताउँछ । एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ । नाम परिवर्तनपछि केपी ओलीलाई मन नपराउने एमालेभित्रको तप्का पनि आफूतिर आकर्षित हुने नेताहरुको बुझाई छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमाले ब्यँुताइदिएपछि मन नलाग्दा नलाग्दै पनि माधव नेपाल समूह एमालेमै फर्किनुमा पदको सुरक्षासँगै माओवादी केन्द्रको नाम पनि रहेको उनीहरु बताउँछन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो। २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२र०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो। मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो । २०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ...